सरकारको कोरोना कोषमा आइसीएफसी फाइनान्सको सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्सले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई २४ लाख ८२ हजार एक सय ६९ रुपैयाँ सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको सहयोग गरेको हो ।

समृद्धि फाइनान्सलाई हकप्रद जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५४ करोड ५८ लाख रुपैयाँ नाघ्ने छ ।

उन्नति सहकार्य लघुवित्तले कमायाे ३ करोड २४ लाख रूपैयाँ नाफा

काठमाडाैं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ रहेको संस्था साबिकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बिच मर्जर भइ बनेको हो । गत आ.व. को चौथो त्रैमासिक अवधिमा ७७ करोड ३० लाख ८५ हजार १ सय ४० रुपैयाँ निक्षेप संकलन गरेको छ जुन अघिल्लो आवको सोही अवधिको ५५ करोड ६० लाख ३६ हजार भन्दा ३९ प्रतिशतले बढि प्रगति गरेको छ । २ अर्ब २८ करोड रुपैयाँ उठ्न बाँकि कर्जा हरेकोमा अघिल्लो सोहि अबधिमा भएको १ अर्ब ४६ करोड ९३ लाख ९९ हजार १ सय २० रुपैयाँ उठ्न बाँकि कर्जाको तुलनामा संस्थाले ५५.६ प्रतिशत बढि प्रगति हासिल गरेको हो । २०७७ असार २६ गतेबाट एकीकृत कारोबार गर्ने अनुमति प्राप्त साबिकको उन्नति लघुवित्तको प्राप्त १५ कार्य क्षेत्र जिल्ला र सहकार्य लघुवित्त वित्तीय संस्थाले प्राप्त १० कार्य क्षेत्र जिल्ला गरि हाल २५ कार्यक्षेत्र जिल्ला रहेको यस संस्थाले राष्ट्रिय स्तरको संस्थामा स्तरोन्नतिको प्रक्रिया अघि बढाएको छ । अघिल्लो वर्षको तुलनामा विभिन्न सूचकहरु सकारात्मक प्रगति देखिएपनि हालको काेभिड-१९ को त्रासदीपूर्ण अवस्थाको कारण प्रक्षेपित असुली दरमा कमीआइ कर्जा नोक्सानी व्यवस्थामा बढोत्तरी भएको हुनाले मुनाफा कम भएको देखिन्छ । सो अवधिमा ४० करोड ८ लाख ८८ हजार ९ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा अघिल्लो सोहि अवधिको तुलनामा ७३.६१ प्रतिशत प्रगति देखिएको छ भने  १ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।