बोनसपछि आरएमडीसी लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । सोमबार आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले संस्थाको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८६१ रुपैयाँ रहेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९९० रुपैयाँ रहेको थियो । यससँगै सोमबारको बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता ८६१ रुपैयाँदेखि शुरु हुने छ ।
आइएमई रेमिटलाई लगातार चौथो सम्मान, सबैभन्दा धेरै कर तिर्नेमा पहिलो बन्न सफल
काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो । श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजाल मार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा २० वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था हो ।
गोरखा जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा साधना लघुवित्त
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था गाेरखा जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा गाेरखा जिल्लाका करदाता मध्ये सबैभन्दा बढी कर दाखिला गरेकोमा यस वित्तीय संस्थालाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व कार्यालय दमाैलीका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत रेसम न्यौपानेलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७५/७६ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लेखित गरिएको छ ।