माउण्टेन इनर्जी नेपालको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । भर्खरै मात्र सर्वसारधारणहरुमा सेयर निष्काशन गरी बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपालले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिल खारेज लगायतको सेयरसंग सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो प्रयोजनको लागि गत मंसिर ४ गते बिहीबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटल विच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो । यससँगै सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ । अब उक्त सेयरहरु बांडफांट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेजमा सूचिकरण पश्चात बाँडफाँटमा परेका सेयरधनीहरुको सेयर हितग्राही खातामा जम्मा गर्ने लगायत सेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत
काठमाडौं । मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिताको लागि बैंक उक्त उपाधिबाट पुरस्कृत भएको हो । संस्थाले प्रदान गरेको सेवाको प्रभावकारिताले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को प्रथम पुरस्कारबाट पुरस्कृत गरेको हो । ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ । मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिई रहनु भएको छ भने यो क्षेत्रमा रु. १७ अर्ब भन्दा बढी लगानीमा रही रहेको छ ।
एशियन लाईफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आगामी पुस ४ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन बिहान १० बजे वीरगञ्जको होटल पुजनमा आफ्नो ११औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर १८ गतेसम्म कायम सेयरधनी कम्पनीको वार्षिक साधारणसभामा सहभागि हुन पाउने छन् । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम बाह्रयलेखा परिक्षक पि.आर.के एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, प्रविन राज काफ्ले एफ.सि.एलाई पारिश्रमिक वापत कर बाहेक एक लाख ८० हजार रुपैयाँ प्रदान गर्ने गरी नियुक्त गरिएकोमा उक्त सभाले अनुमोदन गर्ने छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम लेखा परीक्षक नियुत्ती र निजको पारिश्रमिक समर्थन गर्ने छ ।