प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा वृद्धि
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४०.७२ प्रतिशत अर्थात ३१ करोड १७ लाख रुपैयाँले बढी हो । गत वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ७६ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि २०.४७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १२ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषको रकम ३१ प्रतिशतले बढेर १२ अर्ब ३७ लाख रुपैयाँ पुगेको छ । ११ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी बढेर १४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जुन २४.४१ प्रतिशतले बढी हो । त्यस्तै, इन्स्योरेन्सको खुद सम्पत्ती ३ अर्ब १७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । जुन ४.२१ प्रतिशतले बढी हो । समिक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर २१.३९ रुपैयाँ पुगेको छ । जुन गत आवको असोज मसान्तमा प्रतिकित्ता १९.९७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.९७ गुणा छ । इन्स्योरेन्सले हालसम्म १७ लाख १७ हजार ४२८ वटा बीमालेख जारी गरी कुल १९ अर्ब ५२ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, ६७९ वटा दाबी बापत कूल २९ करोड २८ लाख रुपैयाँको भुक्तानी गरेको छ भने ४४ वटा दाबी बापत एक करोड १ लाख ७४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध रि इन्सयोरेन्स कम्पनी हेनोभर रीसंग गरेको कम्पनीकाे चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ९० करोड ६० लाख रुपैयाँ सञ्चित छ ।
सिटी एक्सप्रेसले जित्यो अन्तर्राष्ट्रिय ‘पपुलारिटी अवार्ड’
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त, दुरुस्त, छिटो छरिता एवं प्रभावकारी गराउन कोशिस गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ । यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुष गरिएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष विवेक दुगड़ले गरे सपथ ग्रहण
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष विवेक दुगड़ले सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष दुगडले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ समक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंसिर ४ गते सम्पन्न कम्पनीको दशौं वार्षिक साधारण सभा पछि बसेको नव निर्वाचित संचालक समितिको १६२ औं बैठकले दुगडलाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । यससँगै दुगड़ले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम मंसिर ८ गते बिहान ११ः३० बजे बीमा समितिमा पद तथा गोपनीयताको सपथ दिएका हुन् । उक्त सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।