माउन्टेन हाईड्रो नेपालको पुस १३ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । माउन्टेन हाईड्रो नेपालको आगामी पुस १३ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले सो दिनदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको गत वर्ष स्थगित भएको चौथो तथा यस वर्षको पाँचौं वार्षिक साधारणसभा आगामी पुस २७ गते एकैदिन हुने भएको छ । उक्त सभा [&hellip;]</p>

काठमाडौं । माउन्टेन हाईड्रो नेपालको आगामी पुस १३ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले सो दिनदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको गत वर्ष स्थगित भएको चौथो तथा यस वर्षको पाँचौं वार्षिक साधारणसभा आगामी पुस २७ गते एकैदिन हुने भएको छ । उक्त सभा भर्च्यअल माध्यमबाट हुने कम्पनीले जानकारी गराएको छ ।

पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त सभाको मति तय गरेको हो ।

Share News