बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको साेमबार बसेको बैठकले शर्मालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।
मंगलबार (पौष १४ गते) देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त शर्माले संस्थामा आयोजित एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संस्थाले एक अव्वल, केही गरेर देखाउछु भन्ने व्यक्तिलाई प्रवन्ध सञ्चालकको रुपमा पाएको बताए । यसअघि सञ्चालक समितिमा रहेर पनि संस्थाले लिएको लक्ष्य हाँसिल गर्न उनले खेलेको भूमिका सराहनीय रहेको बताउदै शर्माले संस्थालाई देशमै उत्कृष्ठ र सबल संस्था बनाउनेमा आफु विश्वस्त रहेको बताए ।
पद तथा गोपनियताको सपथ ग्रहण पश्चात प्रवन्ध सञ्चालक शर्माले वित्तीय संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था बनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।