बीमा समितिले कहिले पाउँछ अध्यक्ष ? कसको भयो पल्लाभारी ?

काठमाडौं । बीमा समिति अध्यक्ष पद रिक्त भएपनि नयाँ अध्यक्षको जिम्मेवारी कसले पाउछ भन्ने अझै यकिन भएको छैन । बीमा क्षेत्रको नियामक निकायको प्रमुख नियुक्तिमा ढिलाई हुँदा नीति निर्माणदेखि नियमन र अनुगमनसम्ममा नकारात्मक असर पर्छ । समितिको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी चिन्तामणि सिवाकोटीदेखि नेपाल पुनर्बीमा कम्पनीको संचालकबाट भर्खरै हटेका रमेश लम्सालसम्मको नाम चर्चामा छ । कुनै व्यक्ति र समुहले यो आफू अनुकुलको व्यक्ति समिति अध्यक्ष भएर आइदिए हुन्थ्यो भन्ने मनसायले पनि फलानो व्यक्तिको सम्भावना बलियो भयो भनेर हल्ला चलाइरहेका छन् । अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने समिति अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच असाध्यै सुमधुर सम्बन्ध भएका कारण मन्त्री पौडेलले प्रस्ताव गरेको व्यक्ति समितिको अध्यक्षमा सहजै नियुक्त हुने सम्भावना छ । र, प्रधानमन्त्री ओलीले कुनै व्यक्तिलाई ‘बचन’ दिएका भए अर्थमन्त्री पौडेलले सोही व्यक्तिको सिफारिस गरिदिने स्रोतले बतायो । ‘अर्थमन्त्रीज्यूले मन्त्रिपरिषदमा सिफारिस लाने वित्तिकै रोकिने प्रस्ताव स्वीकृत हुन्छ, उहाँले अहिलेसम्म कसैलाई पनि बचन दिनुभएको छैन, विभिन्न व्यक्तिका बारेमा जानकारी लिइरहनु भएको छ, प्रधानमन्त्रीले कसैलाई अध्यक्ष बनाइदिने बचन दिनुभएको रहेछ भने अर्थमन्त्रीज्यूले सोही व्यक्तिको नाम सिफारिस गरिदिनुहुन्छ, प्रधानमन्त्री र अर्थमन्त्री पार्टीको काममा व्यस्त हुनुभएकोले केही ढिलाई भएको हो, अब चाढै नियुक्तिको खबर सुन्न पाइन्छ,’ अर्थमन्त्री पौडेल निकट स्रोतले भन्यो । आफ्नो एक कार्यकाल पूरा भएर समिति अध्यक्ष चिरन्जीवी चापागाईं बाहिरी सकेकोले नयाँ अध्यक्षको खोजी भएको हो । चापागाईं नेपाल राष्ट्र बैंकको निर्देशक पदमै रहेको बेलामा समितिको अध्यक्षमा नियुक्त भएका थिए । नयाँ अध्यक्षको लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं, बीमा विज्ञ डा. रविन्द्र घिमिरे, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, नेपाल पुनर्बीमा कम्पनीको संचालकबाट केही दिनअघि मात्रै बाहिरिएका रमेश लम्साललगायत प्रतिस्पर्धामा रहेका स्रोतहरुले दाबी गरेका छन् । सम्बन्धित समाचार बीमा समिति अध्यक्ष बन्ने प्रतिस्पर्धाः तीन प्रत्यासी रिङआउट, रेसमा थपिए लम्साल २०५८ सालदेखि ‘ल्याइते’को भरमा बीमा समिति, राम्रो काम गर्नेले पाएनन् धेरै समय

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ल्यायाे नेपालमै पहिलोपटक ‘आजिवन डिम्याट खाता’

काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले नेपालमै पहिलो पटक आजिवन डिम्याट खाताको योजना ल्याएकाे छ । आइतबारदेखि लागु हुने गरी बैंकले आजिवन डिम्याट खाताको योजना ल्याएकाे हाे । कम्पनीले शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले खाता खोलेपछि प्रत्येक वर्ष डिम्याट तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नविकरण गराउनु पर्ने झन्झटबाट मुक्त गर्न यस्ताे याेजना ल्याएकाे जनाएकाे छ । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नविकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । यस्तो योजनामा हाल कायम खातावालाहरुले पनि सहभागिता जनाउन सक्नेछन् तर हाल कायम खातावालाहरुले यस्तो योजनामा सहभागिता जनाउन चाहेमा आफ्नो पुरानो भुक्तानी गर्न बाँकी नविकरण वापतको शुल्क भुक्तानी गरेको हुनुपर्ने कम्पनीले जनाएकाे छ । यस सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नविकरण गर्न नसकेका लगानीकर्ताहरुले एकैपटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नविकरणको झन्झटबाट मुक्त भै फाईदा लिने कम्पनीले विश्वास लिएकाे जनाएकाे छ । लगानीकर्ता र उद्यमीहरुको हितलाई ध्यानमा राखी नबिल इन्भेष्टमेन्टले पछिल्ला दिनहरुमा नयाँ सेवाहरु संचालनमा ल्याउँदै आएको छ ।

सिवाईसी नेपाल लघुवित्तद्धारा सदस्यहरुलाई तरकारी खेती तालिम प्रदान

बागलुङ । बागलुङकाे सिवाईसी नेपाल लघुवित्त वित्तीयले सदस्यहरुलाई व्यवसायीक बनाउनका लागि १ दिने व्यवसायीक तरकारी खेती तालिम सम्पन्न गरेको छ । तालिम कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले गरेका थिए । प्रमुख अतीथि शर्माले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागिहरुलाई अनुरोध गरेका थिए । उनले तालिम पश्चात सकेसम्म व्यवसायीक नै बन्न र नभएपनी आफुलाई चाहिने उत्पादन आफै गर्नसक्नुपर्ने विषयमा जोड दिएका थिए । तालिमका क्रममा सदस्यहरुलाई मौसमी तथा बेमौसमी तराकारी खेतीका लागि विउ पनी उपलब्ध गराईएको थियो । सोही क्रममा उत्कृष्ट बचतकर्ताको रुपमा रेमी दर्लामीलाई नगद २ हजार, असल सदस्य ललिकुमारी थापालाई १ हजार ५ सय, सक्रिय सदस्य अनिता थापा र अमृता थापालाई १/१ हजार नगदसहित कम्पनीले पुरस्कृत गरेकाे थियो ।