तिनाउ डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

<p>काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज आइतबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५३.३४ प्रतिशत र सर्वसाधारणको ४६.६६ प्रतिशत स्वामित्व हुने छ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको [&hellip;]</p>

काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज आइतबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५३.३४ प्रतिशत र सर्वसाधारणको ४६.६६ प्रतिशत स्वामित्व हुने छ ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण ३ अर्ब ५७ करोड १८ लाख रुपैयाँ रहेको छ ।

Share News