छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, पारित भयाे लाभांश

<p>काठमाडौं । छ्याङदी हाइड्रो पावरको सातौं वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको वापत) गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, बोनस सेयर पश्चात कायम हुने [&hellip;]</p>

काठमाडौं । छ्याङदी हाइड्रो पावरको सातौं वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको वापत) गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको १० बराबर ३ कित्ताको अनुपात ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश भएको छ ।

त्यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।

Share News