आइएमई भरोसा काेष: प्रदेश नं १ मा वितरण शुरु
काठमाडौं । कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को प्रदेश १ मा रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान सुरु गरिएको हो । आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तर गरे । कार्यक्रमलाई सम्बोधन ग्द्र्यै अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड – १९) ले ज्यान ग्ुमाउन वाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयाेग गर्नु काेषको मुख्य उद्देश्य रहेको बताए । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयाेग रकम प्रदान गरिदैँ आएको छ । प्रदेश नम्बर १ बिर्तामोड क्षेत्रबाट कूल ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग प्रदान गरेका हुन् । कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरेकाे जनाएकाे छ ।
गोर्खाज फाइनान्सको नाफा १७८ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १८५ रूपैयाँ बढी
काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा १७८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले चालु आवको सो अवधिमा १७ करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको हो । संस्थाले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार फाइनान्सले समिक्षा अवधिमा १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा ३ करोड ५५ लाख रुपैयाँ कम हो । संस्थाले गत वर्षको यर्सै अवधिमा १७ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, अन्य सञ्चालन आम्दानी बढेर १४ करोड ३० लाख रुपैयाँ पुगेको छ । हाल ८६ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ छ । समीक्षा अवधिमा फाइनान्सले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत वर्षको सोहि अवधिमा निक्षेप ७ अर्ब ३१ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, संस्थाको निष्कृय कर्जा बढेर ४.४२ प्रतिशत पुगेको छ। त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ३९.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ ।
नेप्सेले एनसीसी बैंकलाई सोध्योः कम्पनीकाे सेयर मूल्य एक्कासी किन बढ्याे ?
काठमाडौं । आइतबार नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकको सेयर मूल्य एक्कासी बढेसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले कम्पनीसँग स्पष्टिकरण मागेकाे छ । कम्पनीकाे सेयर मूल्यमा असर पार्ने सूचना तथा निर्णय केही गरेकाे हाे भने त्यसकाे जानकारी गराउन नेप्सेले बैंकसँग जवाफ मागेको हो । गत बिहीबार अर्थात माघ ८ गतेसम्म बैंकको सेयर सामान्य उतारचढावमा नै कारोबार भइरहेकोमा माघ ११ गते कम्पनीकाे सेयरमा उच्च खरिद चाप देखिएपछि नेप्सेले बैंककाे जवाफ मागेकाे हाे । धितोपत्र सूचीकरण विनियमावली बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तै विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था रहेको छ । तर, सो सम्बन्धी सूचना तथा जानकारी बैंकको तर्फबाट प्राप्त नभएको जनाउँदै नेप्सेले बैंकसँग जवाफ मागेको हो । नेप्सले आइतबार(माघ ११ गते) एक पत्र जारी गर्दै यसको जवाफ तीन कार्यदिन भित्रमा जानकारी गराउन बैंकलाई निर्देशन दिएको छ । यससँगै बैंकले माघ १४ गते बिहान ११ बजेअघि नै नेप्सेलाई सो सम्बन्धी सत्य तथ्य के हो भन्ने विषयको जानकारी गराउनु पर्ने छ । पछिल्लो समय नबिल बैंक र एनसीसी बैंक एक आपसमा मर्ज हुने भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आइरहेको छ । त्यसको प्रभाव एनसीसी बैंकको सेयर मूल्यमा परेकाे हाे । आइतबार बजार खुल्ने वित्तिकै एनसीसी बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेकाे हाे । प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार शुरु भएको बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३३ रूपैयाँ अर्थात ९.९७ प्रतिशतले बढी हो । सम्बन्धित समाचार खुल्दै एनसीसी बैंकको पर्दाभित्रको ‘होमवर्क’, नबिलसँग मर्ज भए कति हाेला स्वाप रेसियो ?