आइएमई र यूनिमोनीबीच विद्युतिय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

<p>काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे बीच पीटुपी मनी ट्रान्सफरको लागि सम्झाैता भएकाे छ । सम्झाैतापछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि यूनीमोनी कतारबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने [&hellip;]</p>

काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे बीच पीटुपी मनी ट्रान्सफरको लागि सम्झाैता भएकाे छ ।

सम्झाैतापछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि यूनीमोनी कतारबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।

सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले यूनिमोनी कतार मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकरोबार ६० सम्म क्यास ब्याकसम्म पाउन सक्नेछन् ।

Share News