महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे स्ट्राटेजिक विजनेस मिट-२०२१ सम्पन्न

<p>काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आ.व. २०७७/७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । पोखरामा यही माघ १५ र १६ गते सम्पन्न उक्त सम्मेलनको मुख्य उद्देश्य शाखा र उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको कम्पनीले जनाएकाे छ । देशैभरिका शाखा, उपशाखा र प्रधान कार्यालयका गरी ७२ जना कार्यालय प्रमुख र [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आ.व. २०७७/७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । पोखरामा यही माघ १५ र १६ गते सम्पन्न उक्त सम्मेलनको मुख्य उद्देश्य शाखा र उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको कम्पनीले जनाएकाे छ ।

देशैभरिका शाखा, उपशाखा र प्रधान कार्यालयका गरी ७२ जना कार्यालय प्रमुख र प्रधान कार्यालयका विभागिय प्रमुख समेतको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो ।

पहिलो चरणमा माघ १५ गते प्रधान कार्यालयका विभागिय प्रमुख र क्षेत्रिय,उपक्षेत्रिय प्रमुखको समिक्षा बैठक भएको थियो । सो बैठकमा अर्ध वार्षिक व्यवसायको समिक्षा र आगामी रणनीति बारेमा विस्तृत छलफल हुनकाे साथै जीवन बीमा व्यवसायमा एकल बीमा पोलिसीको नकरात्मक प्रभाव र विकृति बारेमा गंभिर छलफल भएको थियो ।

माघ १६ गते विभागिय प्रमुख, क्षेत्रिय, उपक्षेत्रिय प्रमुख र शाखार उपशाखा प्रमुखको संयुक्त सम्मेलन भएको थियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बीमा व्यवसायको कमी कमजोरी र शाखारउपशाखा प्रमुखले खेल्ने भूमिका, गुणात्मक व्यवसाय गर्ने तरिका बारेमा तालिम प्रदान गरेका थिए ।

सोही दिनको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतहरु कमल पन्थी, रामेश्वर श्रेष्ठ, वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमला लगायत अन्य विभागिय प्रमुखहरुले विषयगत तालिम प्रदान गरेका थिए ।

Share News