काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा लगानी गर्ने मध्ये साढे ५ लाख लगानीकर्ता सक्रिय रहेका छन् । फागुन ९ गतेसम्मको तथ्यांकअनुसार अनलाइन र भौतिक रुपमा गरी कुल ५ लाख ५० हजार ४०९ जना लगानीकर्ता दोश्रो बजारमा सक्रिय रहेका छन् ।
त्यस्तै, ३ लाख ७६ हजार २६१ जनाले दोश्रो बजारमा कारोबार गर्नको लागि अनलाईन ब्राेकर अकाउन्ट खोलेका छन् । जसमध्ये एक लाख ९५ हजार ९८९ जना मात्रै दोश्रो बजारमा अनलाइन रुपमा सक्रिय रहेका छन् ।
नेपालमा हाल ५० वटा ब्रोकरबाट सेयर कारोबार हुँदै आएको छ । त्यसमध्येमा ५८ नम्बर ब्रोकर अर्थात नासा सेक्यिुरिटज कम्पनी लगानीकर्ताको रोजाइमा परेको छ । नासाले हालसम्म ३६ हजार ३२७ जनालाई अनलाइन सेवा अर्थात आईडी पासवर्ड उपलब्ध गराएको छ । त्यसमध्ये १७ हजार ९७७ जना लगानीकर्ता सक्रिय रहेका छन् भने भाैतिक र अनलाइन दुबै गरी कुल २७ हजार ६२५ जनाले नासा मार्फत दोश्रो बजारमा सेयर किनबेच गरिरहेका छन् ।
त्यस्तै, सबैभन्दा कम आइडी पासवर्ड उपलब्ध गराउनेमा १८ नम्बर ब्रोकर सगरमाथा सेक्यिुरिटज रहेको छ । ब्रोकरले हालसम्म ३ हजार ८९७ लाई उक्त सेवा दिएको छ । त्यस्तै, ५९३ जनाले मात्रै ब्रोकरको अनलाइन सेवा लिएका छन् । त्यसमा पनि ३५५ जना मात्रै दोश्रो बजारमा कारोबार गर्नको लागि सक्रिय रहेका छन् ।
अन्य कुनमा कति ?
