पोखरा उद्योग वाणिज्य संघद्वारा फोन पे क्युआर सेवा सुरु
काठमाडाैं । पोखरा उद्योग वाणिज्य सङ्घले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र इसेवा फोन पे प्रालिबीच मङ्गलबार क्युआर डिजिटल पार्टनरशीप सम्झौतामा हस्ताक्षर भएको हो । सङ्घले यसअघि नै इ–सेवा र क्युआर कोडमार्फत सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाएको थियो । सङ्घका अध्यक्ष नारायण कोइराला र इ–सेवा फोन पे प्रालिका प्रमुख रणनीतिक प्रबन्धक रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे । गण्डकी प्रदेशसभा सदस्य तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विन्दुकुमार थापाले डिजिटल भुक्तानी समयको माग भएको बताए । डिजिटल भुक्तानी सेवाको स्तरोन्नति गर्दै नागरिकलाई शिक्षित बनाउनुपर्ने र भ्रष्टाचार न्यूनीकरणका लागि डिजिटल भुक्तानीले सघाउने उनको भनाइ थियो । संघका अध्यक्ष नारायण कोइरालाले सङ्घले यसअघि नै सदस्यता नवीकरण इ–सेवामार्फत गर्दै आएको जनाउँदै डिजिटल भुक्तानीले छिटोछरिटोसँगै समयको पनि बचत हुने धारणा राखे । प्रबन्धक लामिछानेले क्युआर कोडमार्फत भुक्तानी छिटोछरितो हुने, खुद्राको समस्या नहुने, पैसा कहाँ खर्च भयो भन्ने जानकारी सुरक्षित रहने बताए । मोबाइलमा इसेवा मोबाइल बैंकिङ एप्स डाउनलोड गरेर क्युआर कोड स्क्यान गर्न सकिन्छ । हाल इ–सेवा फोन पे प्रालिले ५१ वटा बैंकहरुसँग सहकार्य गर्दै आइरहेको जनाउँदै उनले यो सेवा सुरक्षित र भरपर्दो भएको दाबी गरे । उनका अनुसार अहिले इ–सेवामार्फत सर्वसाधारणले रकम आदानप्रदान गर्न, बिजुली, पानी, टेलिफोनको महसुल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भुक्तानी गर्न, हवाई टिकट खरीद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कूलको शुल्क बुझाउन र बजारमा शपिङ सेवा उपयोगी हुने गरेको छ ।
सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गरेको तीन महिनामै ३५% लाभांश पाइने, मूल्य कति ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेकाे प्राथमिक सेयर (आईपीओ)मा लगानी गरेकाे तीन महिनाभित्रै लगानीकर्ताले ३५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आज (चैत ४ गते) बुधबार बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रममा लगानीकर्तालाई १० प्रतिशत बोनस र २५ प्रतिशत नगद गरि ३५ प्रतिशत लाभांश वितरण गर्ने जनाएकाे हाे । कम्पनीले बुक बिल्डिङ्ग मार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्तालाई र ८ लाख कित्ता जिल्लाबासीलाई र ३ लाख कित्ता कर्मचारीलाई छुट्याइएको र बाँकी रहेको २५ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ । बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको कम्पनीको सेयर मूल्य न्युनतम प्रतिकित्ता ७५० रुपैयाँ ताेकिएकाे छ । तर, अन्तिम मूल्य भने संस्थागत लगानीकर्ताद्वारा मूल्य तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य निर्धारण हुने छ । कम्पनीका अनुसार सर्वसाधारणको लागि १० प्रतिशत कम अर्थात प्रतिकित्ता ६७५ रूपैयाँमा सेयर जारी हुने छ । कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । त्यस्तै, सह बिक्री प्रबन्धकमा पनि दुई क्यापिटल (एनआईबिएल एस र प्रभु)लाई नियुक्त गरेको हो । नेपालको इतिहासमै पहिलो पटक कम्पनीले नयाँ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ । उक्त सेयर निष्काशन गर्ने प्रक्रियालाई कम्पनीले अन्तिम चरणमा पुर्याएको छ । सम्भवतः कम्पनीले चैत महिना भित्रै सेयर जारी गर्ने छ । सम्बन्धित समाचार सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?
सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु
काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आज(चैत ४ गते) एक कार्यक्रमबीच बिक्री प्रबन्धकमा ग्लोबल आईएमईलाई नियुक्त गरेको हो । त्यस्तै, कम्पनीले सह बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्ने पाउनेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने भएकाे हाे । सर्वोत्तमले ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्नेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपीओ जारी गर्न लागेको छ । अहिलेसम्म प्रतिकित्ता अंकित मूल्य (सामान्यतः प्रतिकित्ता सय रुपैयाँ) मा र प्रिमियम मूल्यमा आइपिओ जारी हुँदै आएकोमा सर्वाेत्तमले भने बुक विल्डिङ प्रक्रियाबाट आइपीओ जारी गर्न लागेको हो । सम्बन्धित समाचार सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?