कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड, मागेजति सबैले पाए, ६१ जनाको आवेदन रद्द

काठमाडौं । कुमारी क्यापिटलले निष्काशन गरेको कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ । क्यापिटलले कुमारी समाूहिक लगानी कोष अन्तर्गत संचालन हुने कुमारी इक्वीटी फण्डको इकाई आज (चैत ५ गते) बिहीबार बाँडफाँड गरेको हो । क्यापिटलले गत फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म प्रति इकाई १० रुपैयाँ दरको ८ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमा माग भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन आएकाले सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरणपुस्तिकाको बुँदा ४(च) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १० करोड इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंकलाई बाँडफाँड गरेको हो । र, बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाई आज बाँडफाँड भएको हो । उक्त फण्डमा ९४ हजार ७९४ जनाले आवेदन दिएका थिए । जसमध्ये ९४ हजार ७३३ जनाले रितपूर्वक आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिनेमध्ये सर्बसाधारणबाट ९४ हजार ६६१ जनालाई ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ वटा संस्थालाई ५ करोड ३९ लाख २२ हजार ३०० इकाई बाँडफाँड गरिएको हो । त्यस्तै, दोहोरो आवेदन दिने ६१ जना आवेदकको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । यसरी बाँडफाँड गर्दा इकाई १०० देखि २० लाख इकाईसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड पाएका छन् । २० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात २५ लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गरेका आवेदकलाई कूल १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको छ । यससँगै, २५ लाखदेखि ५० लाखइकाईसम्म आवेदन दिने प्रत्येक ७ जनाले २४ लाख ०६ हजार ६७० इकाई हात पारेका छन् ।

युनाईटेड फाईनान्सको २४ औं शाखा धनगढीमा

काठमाडाैं । युनाईटेड फाईनान्सले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाईनान्सले बिहीबारदेखि कैलाली जिल्लाकाे धनगढी चौराहामा आफ्नो २४ औं शाखा सञ्चालनमा ल्याएको हो । बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष श्री पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गरेका थिए । सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ । युनाईटेड फाईनान्सले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै यस फाईनान्समा भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको समेत लगानी रहेको छ ।

दुई वाणिज्य बैंक र एक लघुवित्तको बोनस सेयर सूचीकृत, एनबी बैंकको हकप्रद पनि

काठमाडौं । सूचीकृतमध्ये तीन वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार मात्रै दुई वाणिज्य बैंक र एक लघुवित्तको गरी एक करोड १३ लाख ८० हजार १६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सो दिन नेपाल बङ्गलादेश बैंक (एनबी), सेञ्चुरी कमर्शियल बैंक र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको गरी सो परिणामको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, सेञ्चुरी कमर्शियल बैंकको ६१ लाख ८९ हजार ५७९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यसैगरी, महिला सहयात्रा लघुवित्तको १० प्रतिशत अर्थात एक लाख २१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै यी तीन कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ । सम्बन्धित समाचार नेप्सेमा पौने ३ करोड बढी बोनस सेयर सूचीकृत, सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको