सनराइज ब्लूचिप फण्डमा आवेदन दिने भोलि अन्तिम दिन

<p>काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने “सनराइज ब्लूचीप फण्ड”मा भोलिसम्म मात्र आवेदन दिन सकिने भएको छ । सनराइज क्यापिटलका अनुसार सो फण्डमा आवेदन दिने भोलि अन्तिम दिन हो । क्यापिटलले चैत १ गतेदेखि एक अर्ब रुपैयाँ आकार अर्थात १० रुपैयाँ अंकित दरको १० करोडको इकाई निष्काशन गरेकाे थियाे । १० करोड इकाई मध्ये कूल [&hellip;]</p>

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने “सनराइज ब्लूचीप फण्ड”मा भोलिसम्म मात्र आवेदन दिन सकिने भएको छ । सनराइज क्यापिटलका अनुसार सो फण्डमा आवेदन दिने भोलि अन्तिम दिन हो ।

क्यापिटलले चैत १ गतेदेखि एक अर्ब रुपैयाँ आकार अर्थात १० रुपैयाँ अंकित दरको १० करोडको इकाई निष्काशन गरेकाे थियाे । १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएकाे छ ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न कम्पनीको अनुरोध छ ।

सम्बन्धित सामग्री

‘सनराइज ब्लूचीप फण्ड’मा लगानी गर्नेले वार्षिक २२% प्रतिफल पाउने

Share News