सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो १ सय ४४ लिडरलाई सम्मान
काठमाडौं ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा“बर्दिया टाइगर मिट”कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगीतलिम प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल भरिबाट माघ र फागुन महिनामा उत्कृष्ट व्यवसायिक सफलता हासिल गरी छनौट भएका १ सय ४४ भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । कार्यक्रममा सम्पूर्ण लिडरहरुलाई कम्पनीले सम्मान गरेको थियो । कार्यक्रममा कम्पनीका पश्चिम क्षेत्रको प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्काले धेरै टाढाबाट पनि तालिममा सहभागी भएको भन्दै सम्पूर्ण सहभागीहरुको प्रशंसा गरेका थिए । यस्तै, कार्यक्रमको प्रमुख अथितिको रुपमा सृष्टी केसी रहेकी थिइन् । उनले जीवन सङ्घर्स र त्यस प्रतिको सकरात्मक सोच, जीवन प्रतिको बुझाई, भोगाई र प्रेरणादायिक वाक्यले सबैको आँखामा आशु ल्याउनुका साथै जीवनमा अझै धेरै गर्न बाँकी रहेको भन्दै अझै सकरात्मक जोश र जाँगर भरर काम गर्न अनुरोध गरेकी थिइन् । कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृतहरु साथै विभिन्न क्षेत्र र शाखा प्रवन्धकहरुको पनि उपस्थिती थियो । समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताए । यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताउँदै उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे ।
नागरिक स्टक डिलरले एनटीसीसहित ३९ कम्पनीको सेयर कारोबार गर्न पाउने
काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले ३९ कम्पनीको सेयर कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आज(चैत १० गते) स्टक डिलरको लागि कारोबार योग्य ३९ कम्पनीको नामावली सार्वजनिक गरेको हो । उक्त नामावली अनुसार डिलरले नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकसहित ३९ कम्पनीको सेयर किनबेच गर्न पाउने भएको छ । नेप्सेले छनोट गरेको कम्पनीमा सूचीकृत भएका सबै बैंक अर्थात २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, अन्य समूहको १ र होटल एण्ड पर्यटन समूहको १ गरी ३९ वटा योग्य कम्पनी रहेका छन् । विकास बैंक समूह अन्तर्गत एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छनोट भएका छन् । त्यसैगरी माइक्रोफाइनान्स समूहका ४ कम्पनीमध्ये छिमेक लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्था परेका छन् । त्यसैगरी, अन्य समूहको नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र होटल एण्ड पर्यटन समूहको तारागाउँ रिजेन्सी होटल कम्पनी छनोट भएका छन् । पुँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित भएको उक्त स्टक डिलरले पुँजी बजारमा संस्थागत लगानी बढाउनको लागि भित्रिन लागेकाे हाे । यससँगै नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सक्ने छ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनेछ । ४ वटा कम्पनीको लगानीमा खोलिएको उक्त कम्पनीमा सबैभन्दा बढी लगानी सीआईटीको रहेको छ । जसको ५१ प्रतिशत सेयर रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर रहेको कोषले जानकारी दिएको छ । यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने कोषले बताएकाे छ । कुन कुन हुन् याेग्य कम्पनी ? [pdf id=265567]
तीन वटा प्रदेशमा सिटी एक्सप्रेसको एजेन्ट मीट सम्पन्न
काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरकाे तीन वटा प्रदेशमा एजेन्ट मीट सम्पन्न भएकाे छ ।गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरी ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुसँग कम्पनीकाे एक/एक दिने एएमएल सिएफटि तालिम कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । विगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको प्रदेश ५,६ र ७ को एजेन्ट मीट सम्पन्न गरिएको कम्पनीले जानकारी दिएकाे छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।