चाँगुनारायण नगरपालिकाका युवालाई नेपाल बैंककाे तालिम, ३०० जनालाई बिना व्याज ऋण दिने

<p>काठमाडाैं । नेपाल बैंक एवं राष्ट्रिय युवा परिष्द संघकाे सहकार्यमा भक्तपुर जिल्लास्थित चाँगुनारायण नगरपालिकामा उद्ममशिलता तथा वित्तिय साक्षरता तालिम सम्पन्न भएकाे छ । मेयर उद्ममशिलता कार्यक्रम अन्तर्गत उक्त वित्तिय साक्षरता तालिम सम्पन्न भएकाे  हाे । ३९० जना प्रशिक्षार्थीलाई १० समूहमा विभाजन गरेर दिइएकाे तालिम आफ्नाे व्यवसाय कसरी छनाेट गर्ने र कसरी सुरुवातकाे बारेमा जानकारी दिइएकाे थियाे । [&hellip;]</p>

काठमाडाैं । नेपाल बैंक एवं राष्ट्रिय युवा परिष्द संघकाे सहकार्यमा भक्तपुर जिल्लास्थित चाँगुनारायण नगरपालिकामा उद्ममशिलता तथा वित्तिय साक्षरता तालिम सम्पन्न भएकाे छ । मेयर उद्ममशिलता कार्यक्रम अन्तर्गत उक्त वित्तिय साक्षरता तालिम सम्पन्न भएकाे  हाे ।

३९० जना प्रशिक्षार्थीलाई १० समूहमा विभाजन गरेर दिइएकाे तालिम आफ्नाे व्यवसाय कसरी छनाेट गर्ने र कसरी सुरुवातकाे बारेमा जानकारी दिइएकाे थियाे ।

यस्तै बैंकले विजनेस प्रपाेजलको आधारमा चाँगुनारायण तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने भएकाे छ । बैंकले चाँगुनारायण पालिकाको जमानीमा तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिनेछ ।

बैंकले विभिन्न पालिकाहरुसँग सम्झाैता गरी सहुलियतपुर्ण कर्जाहरु उपयाेग गराउँदै आएपनि यसप्रकारकाे तालिम संचालन भने पहिलाे पटक गरेकाे सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले बताए । यस्ता तालिमले युवाहरुलाई स्वाराेजगार बनाउन मद्धत गर्न उनी बताउँछन् ।

 

Share News