विजय लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको मंगलबार मात्रै ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै अबको केहि दिनमै संस्थाको उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
एनआईसी एशिया लघुवित्तको सेयर कारोबार भोलिदेखि खुला, कतिमा हुन्छ पहिलो कारोबार ?
काठमाडौं । एनआईसी एशिया लघुवित्तको भोलि अर्थात चैत १८ गतेदेखि सेयर कारोबार खुला हुने भएको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको संस्थाको सेयर कारोबार भोलिदेखि खुला हुने भएको हो । संस्थाको आज मात्रै (अर्थात चैत १७ गते) मात्रै कूल २५ लाख ९४ हजार ४०० कित्ता सेयर सूचीकृत भएको हो । यससँगै कम्पनीको सेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएको छ । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको थियो । आज सूचीकृत भएको २५ लाख ९४ हजार ४०० कित्ता सेयरसहित यसभन्दा अघि सूचीकृत एक करोड ४८ लाख कित्ता समेत गरी संस्थाको कूल एक करोड ७३ लाख ९४ हजार ४०० कित्ता सेयर हुने छ । यससँगै संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७६५.१२ रुपैयाँमा हुने नेप्सेले जनाएको छ । दाेश्राे बजारमा संस्थाकाे एनआइसीएलबीएसएल काे नामबाट सेयर काराेबार हुने छ । यसअघि एनआईसी एशिया लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता ७५९ रुपैयाँमा र स्वदेशी लघुवित्तको प्रतिकित्ता ८०० रुपैयाँमा भएको थियो । सम्बन्धित समाचार एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार आजबाट शुरू, कर्जा लगानी १५ अर्ब नाघ्ने
वार्षिक साधारणसभामा जान किसान लघुवित्तले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको आगामी चैत २२ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । संस्थाको दोश्रो वार्षिक साधारणसभा चैत २९ गते बस्दै छ ।