एनआईबीएल सहभागिता फण्डका लगानीकर्ताले लगानीलाई तत्काल दुई गुणासम्म बढाउन सक्ने

<p>काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डले आफ्ना लगानीकर्ताहरुको लागि नयाँ अवसर ल्याएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा एनआईबीएलले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने अवसर ल्याएको हो । यस [&hellip;]</p>

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डले आफ्ना लगानीकर्ताहरुको लागि नयाँ अवसर ल्याएको छ ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा एनआईबीएलले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने अवसर ल्याएको हो ।

यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउन सक्नेछन् ।

यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ ।

यो योजना साल असार २० गतेदेखि २०७८ साल असार २४ गतेसम्म मात्र लागु हुनेछ ।

यस योजनाको नतिजा साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभ मार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ ।

Share News