एकैदिन ६ लाख ८७ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन ६ लाख ८७ हजार ५९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । असार २३ गते मात्रै दुई लघुवित्तको सो मात्राको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत अर्थात ५ लाख ५४ हजार ४९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, महिला सहयात्राको १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै दुबै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ आजबाट खुल्ला, असार २८ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । आजदेखि युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुलेको छ । कम्पनीले आज (असार २४ गते)बाट सर्वसाधारणहरुको लागि साधारण शेयर बिक्री सुरु गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो । उक्त शेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि(आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिएभन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत भएको हो ।
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ भोलीबाट खुल्ला
काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (असार २४ गते)बाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नाे जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । उक्त शेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत भएको हो ।