आरविवि म्युचुअल फण्ड-१ मा लगानी गर्ने आज अन्तिम दिन
काठमाडाैं । आरविवि म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । एक अर्ब रुपैयाँ बराबरको याे योजना आज साँझदेखि बन्द हुने भएको हाे । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहने छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रतिईकाई मुल्य १० रुपैयाँ रहेको म्युचुअल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ । नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् । असार २३ गते बुधबारदेखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको यसमा माग भन्दा बढी इकाई खरीदका लागि आवेदन प्राप्त भएकाले आज (असार २७ गते) बैंकिङ्ग समय पश्चात् इकाईका लागि आवेदन लिने कार्य बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ ।
एनआईबीएल एस क्यापिटलले ग्राहकलाई ५ लाखसम्मको दुर्घटना बीमा प्रदान गर्ने
काठमाडाैं । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको हाे । यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५०% छुट पनि दिइनेछ र यसका साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुप्रै सुविधा दिइने क्यापिटल जानकारी दिएकाे छ ।
कोष व्यवस्थापन कम्पनीकाे साधरणसभा सम्पन्न, संचालक सदस्यमा दिल बस्नेत चयन
काठमाडाें । कोष व्यवस्थापन कम्पनीको वार्षिक साधरणसभा सम्पन्न भएकाे छ । कृषि विकास बैंकको अधिकांश शेयरको हिस्सा रहेको उक्त कम्पनीको लामो समयदेखि हुन नसकेको वार्षिक साधरणसभा कम्पनीका संचालक समितिका अध्यक्ष दिर्घ बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएकाे हाे । कम्पनीका शेयरधनीहरुलाई उक्त साधरणसभाले लामो समय पश्चात प्रतिफल स्वरुप चुक्ता पूंजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ । यस्तै कम्पनीको संचालक समितिमा एक जना संचालक सदस्य निर्वाचन प्रणाली मार्फत दिल बस्नेत निर्विराेध चयन भएका छन् । कोभिड महामारीका कारणले जुमका माध्यबाट तथा प्रत्यक्ष रुपमा शेयरधनीहरुकोे उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय,संघ,संस्थाका प्रतिनिधी, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उापध्याय, कम्पनीका लेखापरिक्षकको उपस्थिती रहेको थियो ।