काठमाडाें । कोष व्यवस्थापन कम्पनीको वार्षिक साधरणसभा सम्पन्न भएकाे छ ।
कृषि विकास बैंकको अधिकांश शेयरको हिस्सा रहेको उक्त कम्पनीको लामो समयदेखि हुन नसकेको वार्षिक साधरणसभा कम्पनीका संचालक समितिका अध्यक्ष दिर्घ बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
कम्पनीका शेयरधनीहरुलाई उक्त साधरणसभाले लामो समय पश्चात प्रतिफल स्वरुप चुक्ता पूंजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ ।
यस्तै कम्पनीको संचालक समितिमा एक जना संचालक सदस्य निर्वाचन प्रणाली मार्फत दिल बस्नेत निर्विराेध चयन भएका छन् ।
कोभिड महामारीका कारणले जुमका माध्यबाट तथा प्रत्यक्ष रुपमा शेयरधनीहरुकोे उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय,संघ,संस्थाका प्रतिनिधी, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उापध्याय, कम्पनीका लेखापरिक्षकको उपस्थिती रहेको थियो ।