बीमा क्षेत्रमा लागू हुँदै गोएएमएल सिष्टम, शङ्कास्पद लगानी रोक्न समितिले दियो यस्तो निर्देशन

काठमाडौं । नेपालको बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सफ्टवेयर गोएएमएल (एण्टी मनि लाउन्डरिङ्ग सिष्टम) लागू हुने भएको छ । नियामक निकाय बीमा समितिले यही साउनभित्रमा बीमा क्षेत्रमा उक्त सिष्टम लागू गर्न लागेको हो । समितिका अनुसार उक्त सिष्टम हाल सञ्चालनमा रहेका प्रत्येक बीमा कम्पनीहरुमा अनिवार्य रुपमा लागू गरिने छ । यससँगै अबको २० दिनभित्र सबै बीमा कम्पनीमा सम्पत्ति सुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको उक्त सफ्टवेयर लागू हुने भएको छ । बीमा कम्पनीहरुले एकल बीमालेख अन्तर्गत पहिलो प्रिमियम वापत एकैपटक ठूलो रकम लिएर बीमा गर्ने र बीमितले ८/१० महिनाभित्रै सरेण्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शङ्कास्पद हुने भएकाले यसकाे बारेमा शुरुमै नेपाल राष्ट्र बैंकलाई वित्तीय जानकारी इकाई (एफआईयू) लाई जानकारी गराउन समेत उनले बीमा कम्पनीलाई निर्देशन दिएका छन् । साथै, बीमा कम्पनीहरुमा बीमा गर्नका लागि एकैपटक ठूलो रकम आएमा त्यसको श्रोत के हो र कहाँबाट आयो भन्ने जानकारी लिएर गोएमएल मार्फत एफआईयूलाई जानकारी गराउन उनले निर्देशन दिएका छन् । यदि त्यसो नगरेमा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन, २०४९ र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानून बमोजिम कारबाही हुने समेत उनले बताए । साथै, उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शङ्कास्पद लगानी निवारणका लागि सँधै चनाखो हुन पनि कम्पनीहरुलाई आग्रह गरेका छन् ।

आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

सेलपे एनीभर्सरी अफर: १० प्रतिशत क्यासब्याक, ७ जनाले सामसङ माेबाइल जित्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना वार्षिकोत्सवको एनीभर्सरी अफर लिएर आएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् । कम्पनीकाे अनुसार यो योजना यही श्रावन १० गतेदेखि श्रावन १६ गतेसम्म लागु हुनेछ । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५० हजार मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरआदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेलपे कार्टसेवा मार्फत सजिलै घरमै बसी बसी विभिन्न सामानहरु खरिद गर्न सक्दछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।