प्रभु क्यापिटलमा नि:शुल्क डिम्याट खाता खाेल्न सकिने, रिफर गर्नेलाई पनि छुट
काठमाडाैं । प्रभु क्यापिटलले ग्राहकहरुलाई डिम्याट सेवा अन्तर्गत नयाँ डिम्याट योजना समर ‘डिम्याट स्किम’ आजबाट सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि फ्रि डिम्याट खाता र मेरो शेयरप्राप्त गर्नेछन् । कम्पनीकाे अनुसार याे योजना श्रावण ३२ गतेसम्म सञ्चालन हुनेछ । साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्ने एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन दिएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछन् । नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजना अन्तर्गत डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएकाे छ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिनेछ ।
अब खल्तीबाट माेबाइलमा टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने
काठमाडाैं । अब खल्ती डिजिटल वालेटबाट मोबाइलमा टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने अफर ल्याएकाे छ । कम्पनीले खल्तीमा रजिष्टर माेबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक अफर ल्याएकाे हाे । खल्ती, नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो । यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको कम्पनीले जानकारी दिएकाे छ । प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्रयाच गर्नपर्ने झन्झटलाई न्युनिकरण गरी ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताए । एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आईडीकै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ । कम्पनीकाे अनुसार यो योजना सिमित समयावधिको मात्र लागि रहेको छ । हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक १०० हुनेछ। त्यसपश्चात् १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । यस्तै आफ्नो बाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्रीमा पुरै क्यासब्याक पाएको देख्न सकिने कम्पनीले जनाएकाे छ ।
नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलता पश्चात अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको जनाएकाे छ । यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम १ लाखदेखि आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने छ । यस सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । त्यसैगरि बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको बार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ । कथमकदाचित बीमाको जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिने कम्पनीले जानकारी दिएकाे छ । त्यसैगरी बीमा जोखिम प्रारम्भ पश्चात बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमाङ्क रकम र आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्तीमा प्रस्तावकलाई भुक्तान गरिनेछ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ । यदि बीमाशुल्क छुट सुविधा लिएको छ भने यस बीमालेखले प्रस्तावकको जोखिम समेत बहन गर्ने छ । बीमालेख चालु रही बीमा अवधि भित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता मा अपाङ्ग अशक्त सुविधा उपलब्ध गराइने छ । यस्तै मासिक आय सुविधा लिएको अवस्थामा बीमालेख प्रारम्भ भएपश्चात बीमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत रकम मासिक रुपमा केटाकेटी १८ वर्ष वा बीमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउने छ । त्यसैगरी बच्चाको जोखिम कभर सुविधा लिएका बीमितको हकमा बीमा प्रारम्भ भएको २ वर्ष पश्चात नै बच्चाको जोखिम बहन गर्न सकिनेछ । समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।