काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘घ’ वर्गका लघुवित्तहरुले लाभांशको ५० प्रतिशत रकम जगेडा कोषमा राख्नु पर्ने भएको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै २० प्रतिशत बढी लाभांश वितरण गर्ने लघुवित्तहरुले त्यसको ५० प्रतिशत हुन आउने रकम जगेडामा राख्नु पर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको परिपत्रमा भनेको छ, ‘वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ ।’
यस्तै, कोभिड १९ महामारीको कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रबर्धन गर्न असल बर्गमा वर्गीकरण भएका कर्जाको हकमा इजाजतपत्रप्राप्त संस्थाले आ.ब. २०७७÷७८ को वार्षिक वित्तीय विवरण तयार गर्दादेखि साधारण कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।