मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य ३०० रुपैयाँ

<p>काठमाडाैं । मञ्जुश्री फाईनान्सले संस्थापक समूह अन्तर्गतकाे १२ लाख ५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । संस्थापक शेयर [&hellip;]</p>

काठमाडाैं । मञ्जुश्री फाईनान्सले संस्थापक समूह अन्तर्गतकाे १२ लाख ५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १४ गते देखि भाद्र ८ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आइपुग्ने गरी सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

Share News