काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना वार्षिकोत्सवको एनीभर्सरी अफर लिएर आएको छ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् ।
कम्पनीकाे अनुसार यो योजना यही श्रावन १० गतेदेखि श्रावन १६ गतेसम्म लागु हुनेछ ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५० हजार मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरआदि वास्तविक समयमा गर्न सकिन्छ ।
साथै ग्राहकहरुले सेलपे कार्टसेवा मार्फत सजिलै घरमै बसी बसी विभिन्न सामानहरु खरिद गर्न सक्दछन् ।
सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।