प्रभु क्यापिटलका ग्राहकलाई गोल्ड जिममा तीन महिनासम्म ३० प्रतिशत छुट

<p>काठमाडौं ।  प्रभु क्यापिटलले बियन्ड फिट प्राइभेट लिमिटेड सम्झौता गरेको छ । क्यापिटलले डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकलाई छुट दिन बियन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड जिम) सँग सम्झौता गरेको हो । भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउनेछन् [&hellip;]</p>

काठमाडौं ।  प्रभु क्यापिटलले बियन्ड फिट प्राइभेट लिमिटेड सम्झौता गरेको छ । क्यापिटलले डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकलाई छुट दिन बियन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड जिम) सँग सम्झौता गरेको हो ।

भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउनेछन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि तीन महिनासम्म लिन सक्ने कम्पनीले जनाएको छ ।

अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मा सेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ ।

Share News