विभिन्न कार्यक्रम गरी सिटिजन्स लाइफ इन्स्योरेन्सले मनायो पाँचौं वार्षिकोत्सव

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी आफ्नो पाचौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले सप्ताह व्यापी कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । कम्पनीले यस वर्ष विशेष प्राथमिक्तामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गरेको छ । डेङ्गु लगायत विभिन्न भाइरल ज्वोरोका कारण धेरै नेपालीहरु अस्वस्थ्य रहेको बेला १०७३ पिन्ट रगत संकलन गर्न सफल हुनु आफ्नै लागी गौरवको कुरा भएको कम्पनीले जनाएको छ । कम्पनीले फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक ¥याली प्रस्तुत गरेको थियो । यस ¥यालीमा देशभर बाट १००० भन्दा बढीको सहभागिता थिए । यस्तै, कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकिय स्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ । यसका साथै कम्पनीका केहि शाखाले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा शिविर, दन्त सिविर, सम्पुर्ण (होलबडी) सम्बन्धि परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रधान गरेको छ । यसका साथै केहि शाखाले योग शिविर, खाधन्न वितरण, ब्याड्मिन्टन प्रतियोगित, ट्राफिक सचेतना लगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।

तिहार र छठमा बैंक जाँदै हुनुहुन्छ ! कुन बैंकका कुन-कुन शाखा खुल्छन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दिपावली तथा छठ पर्वमा ६ दिन दिएको छ । यसपटकको तिहार बिदा सोमबार कात्तिक ७ गते कुकुर तिहार तथा लक्ष्मी पुजादेखि छठ पर्व अर्थात् कात्तिक १३ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि तिहार तथा छठमा रहनेछन् । तर, बैंकहरुले भने तिहार तथा छठ बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै तिहार तथा छठका बेलामा सेवा प्रवाह गर्ने बताएका हुन् । वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकका केही शाखा खोल्ने गरेका हुन् । कृषि विकास बैंक     बैंक अफ काठमाण्डु    सेन्चुरी बैंक   सिभिल बैंक   एभरेष्ट बैंक    ग्लोबल आइएमई बैंक    हिमालयन बैंक    लक्ष्मी बैंक   माछापुच्छ्रे बैंक   मेगा बैंक    नबिल बैंक    नेपाल बैंक    एनसीसी बैंक       नेपाल इन्भेष्टमेन्ट बैंक   नेपाल एसबिआई बैंक   एनएमबि बैंक   प्रभु बैंक   प्राइम कमर्शियल बैंक   सानिमा बैंक     सिद्धार्थ बैंक    स्ट्याण्डर्ड चार्टर्ड बैंक     सनराइज बैंक    एनआइसी एशिया बैंक    राष्ट्रिय वाणिज्य बैंक  

युएईको इमिरेट्स इण्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सकाे इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । योसँगै युएईमा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इण्डियाका युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्नेछन् । यसका साथै इमिरेट्स इण्डिया मार्फत नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सक्नेछन् । यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरी इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ ।