मुक्तिनाथ क्यापिटलक ग्राहकलाई द हिमालयन ग्रिल बाई बाजेको सेवामा छुट

काठमाडौं । मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीबीच क्यापिटलका ग्राहकवर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीका तर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सम्बन्धी सेवा लिई रहेका ग्राहकहरुले उक्त रेन्टुरेन्ट द हिमालयन ग्रिल बाई बाजेको समाखुसीबाट सेवासुविधाको शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी व्यवस्थापन सेवा प्रयोग गर्दै आइरहेका ग्राहकले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई यस योजना अन्तर्गत उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखा जिल्लाको उत्कृष्ट करदाताको रुपमा साधना लघुवित्त सम्मानित

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था गोरखा जिल्लाको उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।  आन्तरिक राजस्व कार्यालय दमौलीले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा लघुवित्तलाई गोरखा जिल्लाबाट सबैभन्दा धेरै करतिर्ने करदाताको रुपमा सम्मान गरेको हो । संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले उक्त सम्मान पत्र ग्रहण गरेका थिए । वित्तीय संस्थाले आ.व. २०७७।०७८ मा कुल जम्मा पाँच करोड ३३ लाख ४१ हजार ८ सय ९१ रुपैया कर दाखिला गरेको थियो । गोरखा जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय भएको नेपाल राष्ट्र बंैक बाट ईजाजत प्राप्त ‘घ’ बर्गको राष्ट्रिय स्तर कार्य क्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो । वित्तीय संस्थाले ५ प्रदेशका ३१ जिल्लामा ९३ बटा शाखा कार्यालयबाट बचत,कर्जा विमा,तालिम तथा विप्रेशण लगाएतका वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गरिरहेको छ । कार्तिकसम्म यस वित्तीय संस्थाले करिब १ लाख ३ हजार सदस्य मार्फत एक अर्ब ३५ करोड बचत संकलन गरी ५९ हजार ऋणी सदस्यलाई पाँच अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा शर्मा र बिजुक्छे नियुक्त

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा नमिता शर्मा र बिबेक बिजुक्छेलाई सञ्चालक पदमा नियुक्त गरेको हो । जसमध्ये शर्मा कम्पनीको सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । त्यस्तै, सञ्चालक बिजुक्छे कम्पनीको संस्थापक समूहबाट नियुक्त भएका हुन् ।