मोको वालेटबाट चियर्श अनलाइन स्टाेरमा खरिद गर्दा १५ प्रतिशत छुट 

काठमाडौं । मोको डिजिटल वालेट र चियर्श अनलाइन स्टोर नेपालले वर्ल्ड कप २०२२ को लागि क्यासब्याक अफर लिएर आएको छ । यस अफर अन्तर्गत मोको एपबाट चियर्श अनलाइन स्टोरमा खरिद गर्दा मोको क्युआर कोड स्क्यान गरी १५ प्रतिशत क्यासब्याक (३०० रुपैयाँसम्म) पाउनेछन् । हिमालयन बैंक, एनआईबिएल बैंक, माछापुच्छ्रे बैकं र एनआईसि एशिया बैंकका ग्राहकहरुले डिसेम्बर १८ सम्म यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले cheers.com.np मा गएर सामाग्री खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

लाभांश घोषणाको तयारीमा आधा दर्जन जीवन बीमा कम्पनी, बाँकीको अवस्था कस्तो ?

काठमाडौं । सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये आधा दर्जन जीवन बीमा कम्पनीहरु लाभांश घोषणा गर्ने तयारीमा छन् । नेपाल बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेसँगै ६ वटा कम्पनीहरुलाई अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गर्ने तयारीमा रहेका हुन् । हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, एशियन लाइफ र प्राइम लाइफले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । त्यस्तै, अन्य ६ वटा कम्पनीले भने लाभांश प्रस्ताव गर्ने तयारी गरिरहेका छन् । मेटलाइफ, गुराँस लाइफ, सूर्या लाइफ, आईएमई लाइफ, ज्योति लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स लाभांश प्रस्ताव गर्ने तयारीमा छन् । प्राधिकरणले यी कम्पनीहरुको आर्थिक वर्ष २०७७/७८ को वित्तीय वित्तीय विवरण स्वीकृत गरिसकेको छ । त्यस्तै, वित्तीय विवरण पेश गर्नेमा अन्य २ कम्पनी रहेका छन् । सन नेपाल लाइफ र सिटिजन लाइफले प्राधिकरणमा उक्त आवको वित्तीय विवरण पेश गरिसकेका छन् । तर हालसम्म भने समितिले यी कम्पनीको वित्तीय विववरण्लाई स्वीकृत गरेको छैन । सन नेपालले मंसिर १२ गते र सिटिजन लाइफले कार्त्तिक ६ गते नै प्राधिकरणमा उक्त आवको विवरण पेश गरेका थिए । बाँकी रहेका ७ वटा कम्पनीले भने हालसम्म पनि उक्त आवको वित्तीय विवरण प्राधिकरणमा पेश गरेका छैनन् । प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), युनियन लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आवको वित्तीय विवरण नै पेश गरेका छैनन् । यससँगै प्राधिकरणले वित्तीय विवरण पेश नगर्ने कम्पनीहरुलाई छिटो पठाउन पनि पत्राचार गरिसकेको छ । यता कम्पनीहरुले भने एक्चुरी गर्नको लागि भारत पठाउनु पर्ने भएकोले ढिलाई भएकोले प्राधिकरणमा वित्तीय विवरण पेश गर्न ढिलाई भएको बताएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले एक्चुरीका कारण वित्तीय विवरण समयमै पेश गर्न नसकेको धारणा राखे । उनले एक्चुरी भएलगत्तै प्राधिकरणमा वित्तीय विवरण पेश गर्ने पनि जानकारी दिए । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पनि वित्तीय विवरण भारतमा एक्चुरीको प्रकृयामा रहेकोले प्राधिकरणमा पेश गर्न ढिलाई भइरहेको बताए । कम्पनीहरुले आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र वित्तीय विवरण प्राधिकरणमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । कुनै कारणवश ढिलाई भएमा प्राधिकरणले एक महिना थप गर्न सक्ने प्रावधान छ । चारमध्ये तीन कम्पनीको लाभांश पारित उक्त आर्थिक वर्षको लाभांश घोषणा गरेका ४ कम्पनीमध्ये ३ कम्पनीको लाभांश पारित समेत भइसकेको छ । एशियन लाइफ, नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित भइसकेको छ भने प्राइम लाइफको हुन बाँकी छ । यी चार कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै, नेशनल लाइफले १५.७८९ (१५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद) लाभांश र एशियन लाइफले १५.२६ प्रतिशत (१४.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश) वितरण गरिसकेको छ । यता प्राइम लाइफले भने १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावलाई कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश पाउने छन् । हालसम्म कम्पनीले वार्षिक साधारण सभामा जानको लागि बुक क्लाजको मिति समेत तय गरिसकेको छैन ।

मलेसियाबाट आइएमईमार्फत १४ हजार पठाउँदा मेखलालले जित १० लाख रुपैयाँ

काठमाडौं । आइएमईले चाडपर्वहरूका अवसरमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा याेजनाकाे विजेता मेखलाल तामाङ्ग बनेका छन् । मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख जितेका हुन् । बुधबार काठमाडौं पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए । यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम संचालनमा ल्याइएको थियो । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कूल ९ हप्ता अर्थात ६३ दिनसम्म संचालनमा ल्याइएको थियो । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिने गरी व्यवस्था पनि मिलाइएको थियो ।