नागरिक विकास सहकारीले ५ ठाउँको १२ वटा घरजग्गा बेच्दै
काठमाडौं । नागरिक विकास सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । सहकारी संस्थाले काभ्रेका विभिन्न स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति अथवा जग्गा बिक्री गर्ने भएको हो । नागरिक विकास सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाको स्वामित्वमा रहेका जग्गाहरू जे जस्तो अवस्था र परिमाण मा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने जनाएको छ । खरिद गर्ने ईच्छुक व्यक्ति तथा संस्थाहरूले कबुल गरेको रकमको १० प्रतिशत रकम धरौटी राखि गोप्य शिलबन्दी पत्र पेश गर्न आग्रह गरेको छ । ७ दिन अर्थात् पुस २ गतेभित्र प्रधान कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा गोप्य शिलबन्दी बोलपत्र फारम रित पूर्वक भरि पेश गर्नुपर्नेछ । प्रप्त भएका बोलपत्रहरु पुस ३ गते खोलिने छ । सहकारी संस्थाले मालपोत कार्यालय धुलिखेलमा दर्ता भएका पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाका विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने भएको हो । सहकारीले पाँचखाल नगरपालिका ५, नक्सा सिट नं. १ खाँवा स्थित कित्ता नं. क्रमश २९४ ६५८, १०२९, १०३१, २९५ र ६५७ को क्षेत्रफल क्रमशः ८-१५-१-०-७५, ८-२-०-०, ३-१२-२१, ८-०-०-०, १-०-२-०,७५ र १८-०-२-१ को जग्गा तथा सो जग्गाले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गर्नेछ । यस्तै, पाँचखाल नगरपालिका ८ मा रहेको कित्ता नं. १०२५ को क्षेत्रफल २-११-०-० को जग्गा, वडा नं. ७ हाक्सेबजार स्थित कित्ता नं. १६७६ र १६७७ को क्षेत्रफल क्रमशः ०-१४-०-० र ०-१५-१-३ को घरजग्गा बिक्री गर्नेछ , यस्तै, धुलिखेल नगरपालिका ८ नक्सा सिट नं. १ स्थित कित्ता नं. क्रमशः ७७२ र ९९८ को क्षेत्रफल क्रमशः २-०-०-० र १-९-०-३ को जग्गा र बनेपा नगरपालिका ६ श्रीखण्डपुर स्थित कित्ता नं. ४२६७ को क्षेत्रफल ०-२-२-० को जग्गा बिक्री गर्ने भएको हो ।
काठमाडौँ चन्द्रागिरिको हसना भास्तिपुर सहकारीले गर्यो एक अर्ब ३१ करोड निक्षेप संकलन
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई केन्द्र बनाएर स्थापना भएको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा एक अर्ब ३१ करोड ९७ लाख १४ हजार चार सय निक्षेप सङ्कलन गरेको छ । सोही अवधिमा संस्थाले एक अर्ब ४६ करोड २६ लाख ७५ हजार तीन सय दुई बराबर कर्जा लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति एक अर्ब ६७ करोड ६६ लाख १० हजार पाँच सय १३ छ । संस्थाले सोही आवमा ७९ लाख ११ हजार सात सय ९५ बराबरको नाफा कमाएको छ । संस्थाले आज आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बजारमा देखिएको चुनौती र अवसरलाई मध्यनजर गर्दै कर्जा लगानी गर्दा ऋण नीतिअनुरुप प्रभावकारी तथा बढी उत्पादनमुखी क्षेत्रमा नै केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ । भाका नाघेका ऋणको अनुगमन कार्यलाई प्राथमिकतामा राखी नियमति अनुगमन गर्नुपर्ने, संस्थाको जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव साधारणसभामा व्यक्त गरिएको छ । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले विषम अवस्थामा पनि संस्थाले गुणस्तरीयरूपमा काम गरेको बताए। उनले संस्थालाई आगामी दिनमा अझै प्रभावकारी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
महालक्ष्मी लाईफका सीईओ भट्टराईले पाए निरन्तरता
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेश कुमार भट्टराई नियुक्त भएका छन् । मंसिर २३ गते बसेको कम्पनीको ६६औँ सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै उनले पुस १७ गतेदेखि दोश्रो कार्यकाल अर्थात आगामी ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्नेछन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ । सोही कारण इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो । साथै, उनको नेतृत्वमा कम्पनीले नयाँ उचाइ प्राप्त गर्नेमा कम्पनी विश्वस्त छ । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको करिब ४ दशकको कार्य अनुभव रहेको छ । साथै, भट्टराईले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २६ वर्षभन्दा बढी समय काम गरिसकेका छन् ।