जोरपाटीका नागरिकलाई स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट
जोरपाटी । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले ६८ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।
ऋणीको ट्याक्सी बेचेर रकम असुल गर्दै सहकारी
काठमाडौं । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले ऋण चुक्ता नगर्ने ऋणीको अटो बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको छ । संस्थाका ऋणी जिवन खड्काले हायर पर्चेज कर्जा शिर्षक अन्तर्गत कर्जा लिएर ऋण चुक्ता भुक्तानी नगरेकाले धितोमा राखिएको सवारी साधन बिक्री गर्ने भएको हो । खड्काले कर्जाको साँवा, ब्याज तथा हर्जाना रकम अबको १५ दिन अर्थात् पुस ५ गतेभित्र नबुझाएमा अल्टो ८००–एसटीडी बा २ ज ४३९८ मारुती ट्याक्सी बिक्री गरेर आफ्नो रकम असुल गर्ने संस्थाले जनाएको छ । उनले लिखित शर्त बमोजिम तोकिएको समय अवधिमा तिर्न, बुझाउनु पर्ने कर्जाको साँवा, व्याज तथा हर्जाना रकम समेत नतिरेको सहकारीले बताएको छ । पटक–पटक मौखिक तथा लिखित पत्र मार्फत ताकेता गर्दा समेत संस्थाको ऋण कर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाएको सहकारीले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारीले काठमाडौंका २ वटा जग्गा र एउटा गाडी बेच्दै
काठममाडौं । स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी (साविक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था) को नाममा दर्ता रहेको जग्गा र गाडी बिक्री गर्ने भएको हो । संस्थाले आफ्नो नाममा रहेको सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रि गर्ने भएको हो । उक्त सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत खरीद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संगठीत संघ संस्थाले ७ दिन अर्थात् मंसिर २७ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । संस्थाले आफ्नो नाममा रहेको काठमाडौंको साविक सुन्टोल गा.वि.स. वडा नम्बर ८ मा रहेको कित्ता नम्बर १८७ को १-६-१-० क्षेत्रफल र कित्ता नम्बर ४१५ को १-१-२-० क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । यस्तै, संस्थाले आफ्नो नाममा रहेको ग्राण्ड आइटेन स्पोर्ट्स टाइटन २०१९ मा दर्ता भएको (प्रदेश ३-०१) ०२३ च ३३७९ को गाडी बिक्री गर्ने भएको हो ।