लाभांश प्रस्ताव पारित गर्न आईसिएफसि फाइनान्सले डाक्यो साधारण सभा
काठमाडौं । आईसिएफसि फाइनान्सको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण र आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । फाइनान्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १८ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्नेछन् ।
सबैको लघुवित्तले गर्यो साढे दुई लाखको बीमा भुक्तानी
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले दुई लाख ४६ हजारको बीमा दावी भुक्तानी गरेको छ । लघुवित्तले तनहुँको बन्दिपुर गाउँपालिकाकी सन्जु गुरुङ्गको सो रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । ् लघुवित्तले रिलायबल म्यादी बीमा अन्तर्गत मृत्यु दावि भुक्तानी वापत मृतककी सासू आमा मोतिमाया नेपालीलाई चेक हस्तान्तरण गरेको हो । लघुवित्तले बीमाङ्क रकम दुई लाख ५० हजार रुपैयाँ र क्रिया खर्च एक लाख रुपैयाँ स्वीकृति भएकोमा निजको कर्जा कट्टा गरी बचत उक्त रकम प्रदान गरेको हो ।
जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल
काठमाडौं । जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल (बले) नियुक्त भएका छन । रेमिटको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा जिएमईको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल तथा कलाकार लम्सालले हस्ताक्षर गरेका छन । सम्झौतापत्रमा हस्ताक्षर गर्दै जिएमईका प्रबन्ध निर्देशक दिवाकर पौडेलले सागर लम्साललाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी महशुस गरेको बताए । यस्तै, कम समयमै थप आकर्षण सहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको जिएमईका प्रमुख व्यवासाय अधिकृत बद्री कटवालले बताए । कलाकार सागर लम्साल बले पात्रबाट चर्चित छन । उनी अहिलेको चर्चित हाँस्य टेलिशृखंला सक्किगोनीमा प्रमुख पात्र को रुप मा अभिनय गर्छन । करिब १० बर्षदेखि उनी कलाकारिता क्षेत्रमा सक्रिय छन । टेलिसिरियल बाहेक म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइएका कलाकार हुन । जिएमई रेमिटले विगत १० वर्षदेखि रेमिट्यान्स सेवा दिँदै आएको छ । देशभर रेमिटले करिब २० हजार एजेन्टमार्फत रकम भुक्तानीको सेवा प्रदान गर्दै आएको छ साथै तत्काल भुक्तनी लिन मिल्ने गरी जुन सुकै बैंक तथा बित्तीय संस्था मा पनि रकम जम्मा गर्ने सुविधा प्रदान गर्दै आएको छ ।