सानिमा लाइफ इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको छ । कम्पनीको पुस ८ गते बसेको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको हो । कम्पनीले २०७७/७८ को संचित नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले २०७६/७७ मा सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बढ्यो बोनस सेयर
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, नेपाल बीमा प्राधिकरणले बोनस सेयर बढी वितरण गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चाक समितिले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
आँधिखोला लघुवित्तले घोषणा गर्याे ३१.५८ प्रतिशत लाभांश
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट बैंकबाछ स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।