एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो, ५०% भन्दा बढीको लागि पर्यो आवेदन

काठमाडौं । एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो देखिएको छ । चौथो दिनमा नै कुल निष्कानशको ५० प्रतिशतभन्दा बढी इकाईको लागि आवेदन परेको हाे । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ पुस ७ गते बाट सार्वजनिक निश्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पुस २१ गतेसम्म रहनेछ । यस अघि निष्काशित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गईरहेको र शेयर बजारमा आएको सिथिलताको बाबजुद सार्वजनिक निष्काशनको चौथो कार्यदिन दिन सम्ममा यस योजनाको कुल १६ करोड इकाई मध्ये ५० प्रतिशत भन्दा बढी, ८.६३ करोड इकाईको लगी आवेदन प्राप्त भईसकेको जनाएको छ । यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । ईच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम  १ हजार देखि अधिकतम १६ करोड सम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् । यस योजनाको समयावधि १० वर्षको रहेको छ । यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।  

क्यान महासंघमा नयाँ नेतृत्व चयन, १४औं महाधिवेशनबाट अध्यक्षमा रणजीत पोदार निर्विरोध

काठमाडौं। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति चयन भएको छ। महासंघको २९औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले रणजीतकुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा कुशल रेग्मी निर्वाचित भएका छन्।  त्यस्तै उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदीप) निर्वाचित भएको क्यान महासंघले जनाएको छ। महासचिव पदमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्ष पद नवीन जोशी निर्विरोध भएका छन्। सचिवमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएको क्यान महासंघले जनाएको छ। त्यस्तै जिल्ला शाखा समूहबाट सचिवमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भएका छन्। सदस्यहरुमा भने विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई चयन भएका छन्। यस्तै, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, रामकिशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा (मनोनित) चयन भएका छन्। त्यस्तै लेखा समिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखा समिति सदस्यद्धयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भएको क्यान महासंघले जनाएको छ। नवनिर्वाचित अध्यक्ष पोदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताएका छन्। सूचना प्रविधि क्षेत्रमा आबद्ध पेसाकर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्यव गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न महासंघले भूमिका खेल्ने उनले बताए।

यूनियन लाइफको लाभांश घोषणा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद गरी कूल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।