लुम्बिनी जनरलका संचालक रेग्मीले दिए राजिनामा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका संचालक गणेश राज रेग्मीले राजिनामा दिएका छन् । सर्वसाधारण सेयरधनीहरुकाे समूहबाट संचालक रहेका रेग्मीले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् । रेग्मीको राजिनामा मंगलबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडाैं । दिव्यश्वरी हाइड्राेपावरले साधारण सभा बाेलाएकाे छ । कम्पनीले लाभांश घाेषणा नगरी पुस २७ गते साधारण सभा बाेलाएकाे हाे । सभाले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ संयुक्त वार्षिक प्रतविदेन उपर छलफल गरी पारित गर्नेछ । यस्तै. सभाले विगतमा वार्षिक साधारण सभा नहुँदाकाे अवस्थामा संचालककाे पदावधी सम्बन्धमा संचालक समितिले गरेकाे निर्णय अनुमाेदन गर्नेछ । यसका साथै, सभाले समुह क र ख बाट प्रतिनिधित्व गर्ने संचालकहरुकाे मनाेनयन वा निर्वाचन प्रकिृयाबाट पदपुर्ती गर्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद गरी कूल ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणको स्वीकृति भइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।