सगरमाथा इन्स्याेरेन्सको जगेडा कोष ५५ करोड पुग्यो, यस्ता छन् १५ महिनाका प्रमुख सुचकहरु

काठमाडौ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क ३२ करोड ४९ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आय १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको आय १ अर्ब २९ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९३ लाख रुपैयाँ नाफा प्राप्त गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । हाल सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ । अहिले जगेडा कोषमा कम्पनीको ५५ करोड २० लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा जम्मा ३९ करोड ३३ लाख रुपैयाँ रहेको थियो । यस्तै, बीमा कोषमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४८ करोड ८७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा छ । यस्तै, मूल्य आम्दानी अनुपात (पिई रेसियो) ४० रुपैयाँ ३५ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ ४४ पैसा रहेको छ । व्यवस्थापकीय विश्लेषण स्तरीय सेवाका कारण बिमितहरुको विश्वास हाँसिल गर्न कम्पनी सफल भएको छ । सोही कारण कम्पनीको बीमा व्यवसायपनि सन्तोषजनक नै रहेको छ । समीक्षा अवधिसम्मको बीमा व्यवसाय अपेक्षित नाफामा नै रहेको र आगामी दिनहरुमा सबै कार्यक्षेत्रहरुमा अझ बढी सेवा विस्तार गर्दै जाने रणनीति लिएको सगरमाथा इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीको व्यवस्थापनको जिम्मेवारी चंकी क्षेत्रीले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् ।

एशियन लाईफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, तोक्यो बुक क्लोजको मिति

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आगामी पुस ४ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन बिहान १० बजे वीरगञ्जको होटल पुजनमा आफ्नो ११औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर १८ गतेसम्म कायम सेयरधनी कम्पनीको वार्षिक साधारणसभामा सहभागि हुन पाउने छन् । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम बाह्रयलेखा परिक्षक पि.आर.के एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, प्रविन राज काफ्ले एफ.सि.एलाई पारिश्रमिक वापत कर बाहेक एक लाख ८० हजार रुपैयाँ प्रदान गर्ने गरी नियुक्त गरिएकोमा उक्त सभाले अनुमोदन गर्ने छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम लेखा परीक्षक नियुत्ती र निजको पारिश्रमिक समर्थन गर्ने छ ।

शिखरको नाफा १७ करोड ५९ लाख, यस्ता छन् १५ महिनाका प्रमुख परिसुचक

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास (असोज मसान्तसम्म) मा ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले पुनर्बीमा कमिशन आयबाट १३ करोड ६६ लाख ६९ हजार रुपैयाँ प्राप्त गरेको छ । गत वर्ष सोही शिर्षकमा कम्पनीले १२ करोड ८७ लाख ७४ हजार रुपैयाँ प्राप्त गरेको थियो । लगानी कर्जा तथा अन्य आय शिर्षकमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५५ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीले ५ करोड २७ लाख २८ हजार रुपैयाँ प्राप्त गरेको थियो । शिखरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ५९ लाख ६९ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १७ करोड ५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको थियो । बीमाशुल्क कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० करोड ४३ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कमपनीले ९२ करोड ६ लाख ३१ हजार रुपैयाँ बीमाशूल्क संकलन गरेको थियो । व्यवस्थापकीय विश्लेषण विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण समग्र अर्थतन्त्रमा परेको प्रभावसंगै कम्पनीको व्यवसाय समेत प्रभावित भएको कम्पनीले जनाएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण अन्यौलताको कारण आगामी समय बीमा व्यवसायको लागि चुनौतिपूर्ण रहेको कम्पनीले बताएको छ । बैक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने मुद्धती निक्षेपको व्याजदर घटिरहेको अवस्थामा लगानीबाट प्राप्त हुने आयमा समेत असर परेको देखिन्छ । कोरोना भाइरस संक्रमणको कारण कम्पनीको व्यवसायमा पर्न सक्ने प्रभावलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीति बनाई अघि बढ्ने योजना रहेको शिखर इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ । यस्तो छ १५ महिनामा कम्पनीका प्रमुख परिसुचकहरु