सभामा जान लाइफ इन्स्योरेन्स कर्पोरेशनले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले वार्षिक साधारणसभामा जानको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आगामी फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै फागुन ६ गतेसम्म कम्पनीको सेयर कारोबार गरेका तथा कम्पनीको सेयर होल्ड गरेका लगानीकर्ताले प्रस्तावित लाभांश पाउने तथा सभामा भाग लिन पाउने छन् । कम्पनीको सभा आगामी फागुन २५ गते बस्दै छ । कम्पनीकाे १८औ वार्षिक साधारणसभा फागुन २५ गते काठमाडौंमा हुने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई अबको सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । सम्बन्धित समाचार लाभांश पारित गर्न लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोलायो वार्षिक साधारणसभा
एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा कठायत नियुक्त
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । माघ २९ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कठायतले नियुक्त भएको दिनदेखि नै अर्थात माघ २९ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
प्रभु इन्स्योरेन्सले घोषणा गर्यो गत वर्षको लाभांश
काठमाडौं । प्रभु इन्स्यारेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत अर्थात १० करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत ०.५३ प्रतिशत अर्थात ५५ लाख ५९ हजार ३४१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । (सच्याइएकाे)