उत्पादनशील क्षेत्रमा लगानी नगर्ने बीमा कम्पनीलाई कारबाही गर्दै समिति
काठमाडौं । बीमा व्यवसाय सञ्चालन गरिरहेका अधिकांश बीमा कम्पनीले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न चासो देखाएका छैनन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिबाट इजाजत प्राप्त गरेका कूल ४० कम्पनीमध्ये ३२ वटा बीमा कम्पनी कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्न इच्छुक नरहेको पाइएको छ । लगानी गरेका कम्पनीले पनि आफूले लगानी गर्नुपर्नेभन्दा कम रकम मात्रै लगानी गरेका पाइएको छ । बीमकको लगानी निर्देशिका, २०७५ अनुसार समितिबाट इजाजत प्राप्त बीमकले कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने सीमा तोकिएको छ । सो निर्देशिका अनुसार हालसम्म १७ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा र एक पूनर्बीमा कम्पनी गरी कूल ३२ कम्पनीले तोकिए अनुसार लगानी नगरेको पाइएको छ । यससँगै निर्देशिका बमोजिम उक्त क्षेत्रमा लगानी नगरेको भन्दै समितिले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनी गरी कुल ३२ वटै कम्पनीलाई पत्राचार गरेको छ । ‘निर्देशिकामा तोकिएअनुसार अधिकांश कम्पनीले कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी नगरेको पाइयो । त्यसैले हामीले लगानी गर्नको लागि पत्राचार गरेका छौं’ समितिका प्रवक्ता राजुरमण पौडेलले भने । कुन कुनले गरेका छैनन् ? बीमा समितिका अनुसार जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, आईएमई लाइफ, यूनियन लाइफ, ज्योती लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले हालसम्म लगानी गरेका छैनन् । त्यस्तै, निर्जीवन बीमातर्फका दि ओरिएण्टल, राष्ट्रिय बीमा कम्पनी, नेशनल, हिमालयन जनरल, यूनाईटेड, प्रिमियर, एभरेष्ट, आईएमई जनरल, प्रुडेन्सियल, लुम्बिनी जनरल, सिद्धार्थ, सानिमा जनरल, जनरल र अजोड इन्स्योरेन्सले उक्त क्षेत्रमा लगानी गरेका छैनन् । त्यसैगरी, पूर्वाधार क्षेत्रमा समितिले तोकेअनुसार लगानी नगर्नेमा पुनर्बीमा तर्फको नेपाल पुनर्बीमा कम्पनी पनि रहेको छ । यी कम्पनीले समितिको निर्देशिका बमोजिम उक्त उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी नगरेमा अन्य क्षेत्रमा पनि लगानी गर्न नपाउने सम्भावना बढ्ने छ । ‘अहिले लगानी गर्नको लागि पत्र पठाएका हौं । यसपछि पनि उक्त क्षेत्रमा लगानी नगरेमा त्यस्ता कम्पनीलाई अन्य सबै क्षेत्रमा लगानी गर्न रोक लगाउने विचारमा बीमा समिति रहेको छ’, प्रवक्ता पौडेलले विकासन्युजसँग भने । बीमकको लगानीको निर्देशिका अनुसार बीमा कम्पनीले लगानीको लागि आव्हान गरिएको कूल रकमको १० प्रतिशतभन्दा बढी रकम लगानी एउटै परियोजनामा गर्न पाउने छैनन् । साथै, उनीहरुले लगानी गर्ने कम्पनी पब्लिक अर्थात सरकारी कम्पनी हुनुपर्ने व्यवस्था रहेको छ । कुनै बीमा कम्पनीले निर्देशिकामा रहेको सीमाभन्दा बढी भएको लगानीको लागि समितिको स्वीकृति लिनुपर्ने छ । हालसम्म कुन कम्पनीले कति गरे लगानी ? बीमा समितिका अनुसार हालसम्म ८ वटा कम्पनीले मात्रै कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गरेका छन् । लगानी गर्नेमध्ये २ जीवन बीमा कम्पनी र ६ निजीर्वन बीमा कम्पनी रहेका छन् । यससँगै जीवन बीमा कम्पनी मार्फत २ अर्ब एक करोड ८५ लाख ८० हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनी मार्फत १३ करोड ४४ लाख ९६ हजार रुपैयाँ गरी कूल २ अर्ब १५ करोड ३० लाख७६ हजार रुपैयाँ उत्पादनशील क्षेत्रमा लगानी गरेका छन् । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्मको तथ्यांक अनुसार जीवन बीमामध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सले मात्रै उक्त क्षेत्रमा लगानी गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ८६ करोड १६ लाख ४० हजार रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सले १५ करोड ६९ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै, निर्जीवन बीमा तर्फबाट नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र एनएनलजी इन्स्योरेन्सले कुल १३ करोड ४४ लाख ९६ हजार रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्सले २ हजार, नेकोले २ करोड ३८ लाख ११ हजार, सगरमाथाले ८९ लाख ४७ हजार, प्रभुले ४ करोड ६६ लाख ९१ हजार, शिखरले ३ करोड ७८ लाख ४७ हजार र एनएलजीले एक करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गरिसकेका छन् ।
राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५४ औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा बजारमा अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्घारा सर्वसाधारणको संस्थानप्रतिकाृ विश्वसनियता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुस् ।’ जीवन बीमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु¥याइ बीमाको पहुँच र दायरामा बढ्दै गर्दा संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन उनको आग्रह थियो । यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिष्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै सबै बीमा कम्पनीहरुलाई अगाडि बढ्न संस्थाललाई आग्रह गरे । संस्थानका प्रशासक कवि प्रसाद पाठकले चालु आ.व.को पौष मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरुले संकलित बीमा शुल्क ६६ अर्ब १६ करोड मध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत रहेको जानकारी दिए । उनले जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको पनि बताए । सो अवधिमा कुल बीमा लेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थान सात लाख ३५ हजार ८१९ बीमालेख सहित पाचौं स्थानमा रहेको प्रशासक पाठकले बताए । संस्थाले वार्षिकाेत्सवको अवसरमा नयाँ प्रडक्ट आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) पनि सार्वजनिक गरेकाे छ ।
२० अर्बको पुँजीमा काठमाडौं रि-इन्स्योरेन्स आउँदै, सर्वसाधारणलाई ३० प्रतिशत सेयर
काठमाडौं । नेपाली बीमा क्षेत्रमा नयाँ पुनर्बीमा कम्पनी ‘काठमाडौं रिइन्स्योरेन्स’ छिट्टै आउने भएको छ । कम्पनी स्थापनाका लागि सबै तयारीहरु पूरा गरेर काम अन्तिम चरणमा रहेको बताइएको छ । सो काठमाडौं रिइन्स्योरेन्स कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ कायम गरेको छ भने कम्पनीको जारी पुँजी १० अर्ब र तत्कालको पुँजी ७ अर्ब रुपैयाँ रहेको बताइएको छ । जसमा ७० प्रतिशत (४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत) र सर्वसाधारणको ३० प्रतिशत कायम हुने बताइएको छ । ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बिचमा वा पुरर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको छ । सञ्चालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ जना सदस्यीय सञ्चाक समिति रहनेछ । कम्पनीको संस्थापकमा बीमा समितिका पूर्व अध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट देवेन्द्र प्रताप शाह, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईँ, नेपाल बिमक संघका पूर्व अध्यक्ष रमेश कुमार भट्टराई र ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट छन् । सम्बन्धित समाचार पुनर्बीमा कम्पनीको सौता आउँदै, ‘अफर लेटर’बारे छलफल गर्दै बीमा कम्पनीहरुको बोर्ड