प्राइफ लाइफ इन्स्योरेन्सको नाफा ३९ प्रतिशतले वृद्धि, बजार विस्तार पनि आक्रामक
काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्सले गत एक वर्षमा खुद नाफासँगै खुद बीमा शुल्कमा पनि वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा र खुद बीमा शुल्क क्रमशः ३८.८४ र २९.४९ प्रतिशतले बढेको हो । कम्पनीले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार इन्स्योरेन्सले एक वर्षमा ३० करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, ३ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२.७५ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ७८.८० गुणा र प्रतिसेयर नेटवर्थ १३५.०७ रुपैयाँ रहेको छ । त्यस्तै, चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा ६९ करोड २६ लाख, जीवन बीमा कोषमा १४ अर्ब ६९ करोड र महाविपत्ती कोषमा १५ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ । यी सबै कोषको रकम अघिल्लो आवको तुलनामा बढी हो । इन्स्योरेन्सले गत असार मसान्तसम्ममा १७ लाख ४० हजार २३९ संख्यामा बीमालेख जारी गरेको छ । त्यस्तै, सो अवधिसम्ममा ३ हजार ८७५ वटा दावीको १२ लाख ११ हजार १३५ रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ । साथै, ३७ वटा दावीको ८ हजार ५९३ रुपैयाँ बराबरको रकम भुक्तानी हुन बाँकी रहेको छ ।
नेपाल लाइफ इन्स्यारेन्सले आर्जन गर्यो ३२ अर्ब खुद बीमा शुल्क, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सले गत असार मसान्तसम्म ३१ अर्ब ९६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.९३ प्रतिशत वृद्धि हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा २७ अर्ब ३४ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, इन्स्योरेन्सको खुद नाफा ५३ करोड ३ लाख रुपैयाँबाट बढेर ५३ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । जुन १.०५ प्रतिशतको वृद्धि हो । खुद नाफा बढेपनि प्रतिसेयर आम्दानी भने सामान्य २.२१ रुपैयाँले घटेको छ । अघिल्लो आवमा ९.६५ रुपैयाँ रहेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७.४४ रुपैयाँमा झरेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २५७.८ गुणा र प्रतिसेयर नेटवर्थ १२२.३ रुपैयाँ रहेको छ । त्यस्तै, चुक्ता पुँजी ३१ प्रतिशतले बढेर ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । तर जगेडा कोषको रकम भने ७१.०३ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको असार मसान्तसम्ममा ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । त्यसैगरी, जीवन बीमा कोष २९.२९ प्रतिशत र महाविपत्ति कोष ६.१३ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीले सो अवधिसम्ममा जीवन बीमा धितो बापत १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरी एक अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले सुरु गर्याे बाल बचत बीमा योजना
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सुरुवात गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बुधबार एक कार्यक्रमकमा उक्त बीमा योजना विक्रि वितरणको लागि सुरुवात गरेका हुन् । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भैसकेपछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।