शुरू भयो ‘युवासंग महालक्ष्मी लाईफ’ अभियान, इन्स्योरेन्सले छुट्यायो २० लाख रूपैयाँ बजेट
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । इन्स्योरेन्सले धुलिखेलको धुलिखेल लज रिसोर्टमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा मेचीदेखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो । ‘काम गरी आय आर्जन गरौं-बीमा गरी सुरक्षित बनौं’ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने कम्पनीको लक्ष्य रहेको छ । मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको ग्यारेन्टि सरकारले गर्न सकिरहेको छैन । अर्को तिर देशमा स्वरोजगारीका प्रसस्त अवसर हुँदा पनि युवा वर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन् । यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बीमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने र उनीहरु मार्फत समाजमा बीमा प्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ । दुई दिने उक्त सम्मेलनमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका संचालक तथा एम्विसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई तथा बीमा क्षेत्र संग दुई दशक देखि जोडिनु भएका स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा. दामोदर बस्यौलाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । त्यस्तै, बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा देशभरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रिय कमिटी गठन गरिएको छ । जिल्ला स्तरमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पुस मसान्तभित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको छ । आर्थिक वर्ष २०७८/०७९ भित्र यो कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ इन्स्योरेन्सको संचालक समितिले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको कम्पनीले जानकारी गराएको छ । जुन कार्यक्रम कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्न लागेको हो ।
शिखरका पाण्डे र एनएलजीका पन्त प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित
काठमाडौं । सरकारले बीमा कम्पनीका दुई प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सम्मानित गर्ने भएको छ । सरकारले संविधान दिवसको अवसरमा शिखर इन्स्योरेन्सका सीईओ दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तलाई सम्मान गर्ने घोषणा गरेको हो । सरकारले बीमा क्षेत्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई प्रबल जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने भएको हो । यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सीईओ पन्त र पाण्डेलाई उक्त सम्मानपत्र हस्तान्तरण गर्नेछिन् । शिखर इन्स्योरेन्सका सीईओ पाण्डेले हाल कम्पनीमा आफ्नो दोश्रो कार्यकाल सम्हालिरहेका छन् । भारतको सेन्ट जेभियर कलेजबाट बीबीएस र त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष बढी काम गरेका छन् । नेपाल बीमक संघको अध्यक्ष समेत रहेका पाण्डे अझै बीमा क्षेत्रमा धेरै योगदान गर्ने अठोटका साथ अगाडि बढेका छन् । त्यस्तै, एनएलजी इन्स्योरेन्सका सीईओ पन्त तीन दशकदेखि सो कम्पनीमा कार्यरत रहेका छन् । यससँगै उनले सोहि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेको तीन वर्ष पुरा हुँदै छ । सरकारले असोज ३ गते मात्रै विभिन्न क्षेत्रका कूल ९०३ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । जसमध्ये बीमकको तर्फबाट दुई जना रहेका छन् । नेपालमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।
यी हुन् सरकारले सम्मानित गरेका बैंकर्स र बीमक
काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न बैंकर तथा बीमकहरु सम्मानित गर्ने भएकाे छ । सरकारले संविधानको अवसरमा विभिन्न बैंकर, बीमक तथा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवल जेनसेवाश्री, सुकीर्तिमय राष्ट्रदिप लगायत पदकबाट सम्मानित गर्ने भएकाे हाे । सम्मानित हुनेमा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, मेगा बैंककी डेपुटी सीईओ रबिना देशराज जोशी, राष्ट्रिय सहकारी बैंकका सीईओ बद्री गुरागाईं रहेका छन् । यस्तै, प्रभु बैंकका पूर्व अध्यक्ष देबीप्रकास भट्टचन् सुकीर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित भएका छन् भने शिखर इन्स्योरेन्सका सीइओ दिप प्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लव पन्त, वरिष्ठ चार्टर्ड एकाउण्टेड नारायण बजाज र दिलप्रकास भट्ट पनि सम्मानित भएका छन् ।