कोरोना बीमा भुक्तानीमा अर्थमन्त्रीको चासो, आवश्यक प्रक्रिया अघि बढाउन समितिलाई दिए निर्देशन
काठमाडौं । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । सो सम्बन्धमा चासो देखाउँदै मन्त्री शर्माले बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई छलफलमा बोलाएका हुन् । शर्माले कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् । साथै, उनले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् । हाल विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।
आईएमई जनरल, अजोड र नेपाल इन्स्योरेन्सबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा, शिखर र सगरमाथा सधैँ अगाडि
काठमाडौं । सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीले ६ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले गत साउन र भदौमा गरी कूल ६ अर्ब ४१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार २० कम्पनीले कूल ४ लाख ७३ हजार २६४ वटा बीमालेख बिक्री गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।बीमाशुल्क संकलनमा नेपाल इन्स्योरेन्स, आईएमई जनरल र अजोड इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । चालु आवको दुई महिनामा यी तीनवटै कम्पनीले २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । तर यीमध्ये सबैभन्दा बढी बीमालेख बिक्री गर्नेमा नेपाल इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले २७ हजार ६०६ वटा बीमालेख बिक्री गरेको छ । त्यस्तै, आईएमई जनरलले २० हजार ९८७ वटा र अजोड इन्स्योरेन्सले २० हजार ३२० वटा बीमालेख ब्रिक्री गरेका छन् । यद्यपि यी तीनवटै कम्पनीभन्दा एक दर्जन निर्जीवन बीमा कम्पनीले बढी बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा प्रिमियम संकलन गरेको छ भने नेको इन्स्योरेन्सले सबैभन्दा बढी बीमालेख बिक्री गरेको छ । समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ६८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४९ हजार ४०० वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै, सगरमाथाले ४२ हजार ४७ वटा बीमालेख जारी गरी ५८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यससँगै कम्पनी बढी बीमाशुल्क संकलन गर्नेमा दोश्रो स्थानमा रहेका छन् । सबैभन्दा धेरै बीमालेख बिक्री गरेको नेको इन्स्योरेन्स बीमाशुल्कको आधारमा तेश्रो स्थानमा रहेको छ । कम्पनीले ५० हजार ९३६ वटा बीमालेख बिक्री गरी कूल ५२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कसले कति संकलन गरे ? त्यसैगरी, ४० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा ४ वटा कम्पनीहरु रहेका छन् । सिद्धार्थ, प्रिमियर, एनएलजी र राष्ट्रिय बीमा कम्पनीले दुई महिनामा ४० करोड रुपैयाँभन्दा प्रिमियम उठाएका छन् । यीमध्ये एनएलजी र राष्ट्रिय बीमा कम्पनी प्रिमियम संकलनमा प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये बीमालेखको आधारमा भने एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ । हिमालयन इन्स्योरेन्सले १५ हजार १८८ वटा बीमालेख जारी गरी ३५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, चालु आव शुरु भएयता भदौ मसान्तसम्ममा १० वटा कम्पनीले २० करोड रुपैयाँ बढी प्रिमियम संकलन गरेका छन् । यो रेञ्जभित्र रहेका कम्पनीमध्ये प्रभु र दी ओरियन्टलबीच पनि टक्कर देखिएको छ । बीमाशुल्को आधारमा टक्कर देखिएपनि बीमालेख जारी गर्नेमा भने प्रभु इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् । जनरल र सानिमा जनरल इन्स्योरेन्सले क्रमशः १४ र १३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा यी दुई कम्पनीले क्रमशः ९ हजार ०६४ वटा र १३ हजार २१२ वटा बीमालेख बिक्री गरी सो मात्राको प्रिमियम उठाएका छन् । यससँगै, २० कम्पनीमध्ये सानिमा जनरलले सबैभन्दा कम बीमाशुल्क संकलन गरेको छ ।
महालक्ष्मीका बीमितलाई प्रिसा इन्टरप्राईजेजकाे सामान खरिदमा छुट
पोखरा । पोखराको न्युरोडमा भखरै संचालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्स मार्फत बिमा गरेका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रबन्धक अखिल धमला र प्रिसा ईन्टरप्राईजेजका पोखरा प्रबन्धक सविन श्रेष्ठले सो छुट सम्बन्धी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् । उक्त इन्स्योरेन्सका गण्डकी प्रदेश भित्रका विमित,अभिकर्ता र कर्मचारीहरुलाई उक्त्त कम्पनीका सामान खरिद मुल्यमा ५ प्रतिशत देखी १५ प्रतिशतसम्म छुट प्रदान गरिने श्रेष्ठले जानकारी दिए । उक्त ईन्टरप्राईजेजले हेटौडामा प्रधान कार्यालय रहेको महिन्द्रा वाटर प्युरीफायरका विभिन्न क्षमताका युरो गाार्डहरु विक्री वितरण गर्दे आईरहेको छ । हाल कम्पनीले ८ देखी १२ लिटर क्षमताका घरायसी उपयोग, १०० लिटर क्षमताका औधगिक प्रयोजनका र सस्थांगत २० देखी २५ लिटर सम्मका खानेपानी शुद्दीकरण गर्ने युरो गाार्डहरु उत्पादन र विक्रि वितरण गरिरहेको श्रेष्ठले जानकारी दिए ।