सिवाईसी नेपालको आईपीओ : आठ जनाले पाए ११ कित्ता सेयर
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालयमा बिहान ९ बजे भएको हो । क्यापिटलका अनुसार कूल आवेदकमध्ये ३६ हजार ९४८ जनाले संस्थाको आईपीओ पाएका छन् । उनीहरुलाई न्यूनतम १० र अधिकतम ११ कित्ताको दरले बाँडफाँड गरिएको छ । मागभन्दा बढी आवेदन परेकोले संस्थाले गोलाप्रथाबाट पहिलो चरणमा ३६ हजार ९४८ जनालाई १० कित्ताको दरले बाँडफाँड गरेको हो । र, दोश्रो चरणमा १० कित्ता सेयर पाउनेमध्ये आठ जनाले थप १/१ कित्ताको दरले गरी कूल ११ कित्ता सेयर हात पारेका छन् । संस्थाको आईपीओमा २२ लाख ५ हजार ६३३ जनाले २ करोड ४५ लाख २० हजार १४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार २७२ जनाको ३६ हजार ४९० कित्ता आवेदन रद्द भएको र बाँकीको रितपूर्वक रहेको क्यापिटलले जनाएको छ । संस्थाले गत बैशाख २ गतेदेखि बैंशाख ६ गतेसम्म कूल ३ लाख ९५ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ६ हजार ८२ कित्ता कर्मचारीलाई र १९ हजार ७६६ कित्ता म्युचअल फण्डलाई छुट्याई बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधरणमा बिक्री गरेको हो ।
एशियन लाइफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत (१ करोड ५२ लाख कित्ता सेयर) र सर्वसाधारणको ४० प्रतिशत (एक करोड कित्ता सेयर ) स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ७० र ३० प्रतिशत रहेको थियो ।
आईएमई लाइफ इन्स्योरेन्स साधारणसभा सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा बुधबार काठमाडौंको होटल र्याडिसनमा सम्पन्न भएको छ । साधारणसभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ । साथै आईएमईलाइफ इन्स्योरेन्सको मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ । सभामा बोल्दै सभाका सभापति डा रामहरि अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा बीमाको पहुँच पुर्याउन कटिबद्ध रहेको बताए । सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरू, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।