बाढीबाट क्षति पुगेको सम्पत्तिको दाबी लिन सिद्धार्थ प्रिमियरको आग्रह

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (एसपीआईएल)ले रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

कम्पनीले बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ ।

बाढीका कारण भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा क्षति पुगेको भन्दै कम्पनीले कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमितको साथमा रहेको जनाएको छ ।

बीमाबाट संरक्षण भएका सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न बीमा क्षेत्र प्रतिबद्ध रहेको उल्लेख गर्दै कम्पनीले प्राकृतिक विपद्बाट बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनमा क्षति पुगेका बीमितलाई यथाशीघ्र कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

कम्पनीले बाढीबाट क्षति पुगेका बीमितको दाबी भुक्तानी प्रक्रियामा आवश्यक सहजीकरण गर्ने जनाएको छ ।

एसपीआईएलले आफ्ना बीमा सेवा लिएका ग्राहकलाई बाढीबाट भएको क्षतिको विवरण उपलब्ध गराउनसमेत आग्रह गरेको छ । कम्पनीले ग्राहकलाई तोकिएका सम्पर्क नम्बर वा इमेलमार्फत क्षतिको जानकारी गराउन अनुरोध गरेको छ ।

क्षतिको विवरणका लागि सुबोध कर्माचार्यको ९८५१३६५२७२ तथा [email protected], अमिता त्रिपाठीको ९८५१३६५२६९ तथा [email protected], आदर्श श्रेष्ठको ९८५१२२५९०१ तथा [email protected] र गिरीश दाहालको ९८५१२०१४२४ तथा [email protected] मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Share News