नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको १४ प्रतिशत अर्थात १ करोड ७९ हजार ९५८ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
‘आइएमई पे’ मार्फत ज्योति लाइफको प्रिमियम तिर्दा एक हजारसम्मको क्यासब्याक
काठमाडौं । भुक्तानी सेवा प्रदायक आइएमई पे ले क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ २५ गते बुधबारदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको हो । ‘प्रिमियम तिरौं क्यासब्याक पाऔ’ नामक अफरमा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक पाउनेछन् यस्अतैफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नेछन् ।
मेटलाइफका उत्कृष्ट एजेन्सी प्रतिनिधिहरु सम्मानित
काठमाडौं । मेटलाइफ नेपालले अवार्ड नाइटको आयोजना गरी आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो र ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरुका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र फिलड प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो । सन २००३ देखि मेटलाइफले आफ्ना उत्कृष्ट प्रतिनिधिहरुलाई सम्मान गर्दै आएको छ ।