स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने व्यवस्था लागू गर्दिन : मन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कम्पनीमार्फत गरिने स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन नगर्ने बताएका छन् । असार १ गतेको प्रतिनिधिको सभामा बोल्दै खतिवडाले आगामी आर्थिक वर्ष २०७९/८० बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रम कार्यान्वयन नगर्ने बताएका हुन् । स्वास्थ्यमन्त्री खतिवडाले आफू स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि बढ्ने भन्दै सो बताएका हुन् । यसअघि अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटमार्फत स्वास्थ्य बीमालाई बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने उनले बताएका छन् । साथै, सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । सरकारले स्वास्थ्य बीमालाई दिगो बनाउने सो व्यवस्था गरेको हो ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालले लन्च गर्यो मोबाइल एप

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसी नेपाल नामक एप संचालनमा ल्याएको छ । कम्पनीले चौथो साधारण सभाकाे अवसरमा एप संचालनमा ल्याएकाे हाे । सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालले पेश भएको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल भइ पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष सहित असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल भइ पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्दै सभा सम्पन्न भएकाे छ ।

बीमा कम्पनीहरुलाई पुरानै समयअनुसार कार्यालय खोल्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुरानै समयअनुसार कार्यालय खोल्न निर्देशन दिएको छ । सरकारले दुई दिन बिदा नदिने निर्णय फिर्ता गरेसँगै समितिले पनि पुरानै समयअनुसार कार्यालय खोल्न कम्पनीहरुलाई निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । सरकारले यसअघि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सो अनुसार समितिले पनि कम्पनीहरुलाई दुई दिन बिदा गर्न निर्देशन दिएको थियो । जुन जेठ एक महिनाभर लागू भयो । तर अब सरकारले उक्त निर्णयबाट पछि हटेसँगै समितिले पुरानै समय तालिका अनुसार कार्यालय खोल्न खुलाउन कम्पनीहरु निर्देशन दिएको हो । यससँगै बीमा कम्पनीहरु अबदेखि आइतबारदेखि शुक्रबारसम्म खुल्ने छ । कार्यालय समय पनि पुरानै अर्थात आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबा दिउँसो १ बजेसम्म कायम हुने छ ।