बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको प्रश्नै प्रश्न

नेपालको बीमाको बजार सबैभन्दा बढी अविश्वसनीय छ । बीमाको व्यवसाय गरिसकेपछि हामीले बीमितको दीर्घकालिन अवधिको एस्योरेन्स लिइरहेका छौं । तर हामी कता कता हराइरहेका छौं हामीलाई थाहाँ छैन । र, समस्या जब देखिन्छ तब कुनै घटना हुन्छ । बजारमा हामीले बीमितहरुबाट आएका दावी भुक्तानीको विभिन्न केशहरु हेर्यौं । जहाँ अधिकांश दोष कम्पनीको छ । अभिकर्ताको होइन । हामी (समिति) ले अभिकर्ता खटाउने होइन । कम्पनीहरुले सिफारिस गरेकोमा हामीले लाइसेन्स दिने हो । त्यसैले अभिकर्ताको जिम्मा कम्पनीले लिनु पर्छ । समितिले होइन । एउटा (कुनै कम्पनीको) केश । यहाँ कसको दोस हो ? एक जना बीमितले २० लाख रुपैयाँको बीमा गरेको रहेछ । जसले प्रथम किस्ता तिरेको रहेछ । अचानक उसको मृत्यु भयो । जुन गाडि दुर्घटनाबाट भयो भनिएको थियो । तर उसको टेष्टहरुको रिपोर्ट हेर्दा किड्नीमा समस्या छ भनेर देखियो । त्यसपछि मान्छेले दावी गर्यो । जसमा हामीले शंका गर्नु जायज छ । कम्पनीले शंका गर्न जायज छ । तर कम्पनीले शंका गरेर मात्रै पुगेन । कम्पनीबाट हुने फाइनान्सियल अन्डरराइटिङ, मेडिकल अन्डरराइटिङको बारेमा को गम्भीरता हुने । मैले बुझ्या छैन । यसको पेनाल्टीको बारेमा पढ्दै नपढेको जान्दै नजानेको मान्छेसँग गर्ने ? बिजनेश ल्याउनको लागि हामी जस्तोसुकै अप एण्ड डाउन पनि गर्ने । यति नाफा भयो यति प्रगति भयो भनेर देखाउने । तर दावी भुक्तानी गर्ने बेलामा चुप बस्ने ? अनि अन्तिममा समितिले कम्पनीका सीईओ, अध्यक्ष, लगानी समितिका अध्यक्ष सबैलाई बोलाएर दावी किन नतिरेको, तिर्नुपर्यो भन्ने अवस्था बनाउने ? यो वर्षलाई बीमा दाबी भुक्तानी वर्षको रुपमा मनाउनुको कारण पनि के भने बीमाले आफ्नो विश्वसनीयता गुमाउँदै गयो । जुन विश्वासको साथ मान्छेले बीमा गरेका रहेछन्, उनीहरु सबैको एउटै गुनासो छ, तपाईंहरु क्लेम तिर्नुहुँदैन भन्ने मात्रै सुनिन्छ । त्यसकारण हामी यहाँबाट माथि उठ्नुपर्यो । क्लेमलाई प्राथमिकतामा राख्नुपर्यो । हाम्रो अन्डरराइटिङ विश्वासिलो हुनुपर्यो । बिजनेसको लागि जे पनि गर्ने तर बिजनेस लिइसकेपछिको जिम्मेवारीबाट पन्छिन खोज्ने ? रिक्स लिन्छु भनेर ग्यारेन्टीको साथ बिजनेस ल्याइएको छ, तर त्यो पाटोमा कम्पनीको इमान्दारिता देखिएन । आफुले ल्याएको बिजनेस ठीक छ की छैन भनेर हेर्ने अन्डरराइटिङ डिपाटमेन्ट होला, छुट्टै शाखा होला, कहाँबाट चिप्लीरहेको छ ? भिडियो: बीमाले बैंक चलाउने हो बैंकले बीमा चलाउने होइन – अध्यक्ष सिलवाल कम्पनीहरुको यहि व्यवहारले गर्दा बीमा क्षेत्रकै बदनाम भएको छ । तर अब यसलाई परिवर्तन गर्नु पर्यो । मान्छेमा यो कम्पनीले क्लेम तिर्छ है, रिटर्न समयमै दिन्छ है भन्ने खालको जानकारी नगराउँदासम्म कम्पनीले केही गर्न सक्दैन । हामीले यदि बिजनेस नै गर्ने हो भने साच्चिकै बिजनेस गरौं । मैले सँधै भन्दै आएको छ, आउने ७ वर्षमा बीमाले बैंकलाई उछिन्छ । तर हामीले यहि किसिमको व्यवहार गर्दै गयौं भने कसले बीमा गर्ने, किन बीमा गर्ने ? त्यो पाटाहरु महत्वपूर्ण छन् । हामी कहाँ पुगिरहेका छौं । हामीले हाम्रो पोलिसीको ड्राफ्ट दिनु पर्यो । पोलिसी जहिल्यै पनि अंग्रेजीमा लेखेको, ५ पानाको, अक्षर नदेखिने हुनुभएन । जे लेख्नुपर्ने छ, त्यो मात्रै लेख्नुस् । मान्छे झुक्याउने खालको नराख्नुस् । अन्त्यमा, बीमा भनेको देशको फाइनान्सियल सेक्टरको अभिन्न अंग हो । यसलाई अघि नबढाए देश अघि बढ्न सक्दैन । यसको लागि कम्पनीहरुले गरिबी अर्थात विपन्न वर्गहरुको बीमा गर्नुपर्यो । प्रदेश स्तरमा गएर आफ्नो बीमा बजारको दायरा बढाउनु पर्यो । मलाई लाग्छ अब आउने वर्षमा केही सहज पक्कै हुन्छ । (बीमा समितिका अध्यक्ष सिलवालले सोमबार एक कार्यक्रममा राखेका मन्तव्यको केही अंश)

जनरल इन्स्योरेन्स कम्पनीको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं । जनरल इन्स्याेरेन्स कम्पनी नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले स्थापनाकाे चार वर्ष पुरा गरेकाे अवसरमा रक्तदान कार्यक्रम संचालन गरेकाे थियाे । रक्तदान कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । यस्तै अन्य शाखा कार्यलमा विभिन्न कार्यक्रम गरी कम्पनीले स्थापना दिवस मनाएकाे थियाे ।   

मर्जरपछि बन्ने बीमा कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने

काठमाडौं । मर्जर तथा एक्विजिशन पश्चात बन्ने बीमा कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने भएको छ । बीमा समितिले सोमबार एक परिपत्र जारी गर्दै मर्जरपछि बनेको बीमा कम्पनीको कूल जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको हो । समितिले हाल साधारण सेयर जारी गरिसकेका वा गर्न बाँकी रहेका कम्पनीहरु एक आपसमा गाभिन पाउने व्यवस्था गरेको छ । तर, गाभिएपश्चात बन्ने कम्पनीको पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणको नभएमा कम्पनीले जारी गर्नुपर्ने समितिले जनाएको छ । त्यस्तै, समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेका कम्पनीहरु पनि मर्जरको लागि योग्य हुने छन् । तर सो कम्पनीहरु मर्जरपश्चात बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात भने बीमा समितिले तोके बमोजिमकै हुनुपर्ने छ । साथै, मर्जरको लागि सैद्धान्तिक सहमति पाएका कम्पनीहरुले बीमा समितिको स्वीकृति बिना उक्त सहमति आफूखुशी भंग गर्न पाउने छैन । यदि कुनै कारणबस मर्जरको लागि असहमति जनाएमा त्यसको कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर तथा एक्विजिसन समितिको सहमतिसहित बीमा समितिमा निवेदन पेश भएमा मात्रै समितिले उक्त सहमति रद्द गरिदिने छ । तर, मर्जरको लागि केही कम्पनी मात्रै सहमत छन् भने पनि उक्त सहमति रद्द नहुने सम्भावना बढी हुने परिपत्रमा उल्लेख छ । यस्तो छ परिपत्र [pdf id=335046]