आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले पाए निरन्तरता, संस्थालाई थप उचाईमा पुर्याउने

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठले निरन्तरता पाएका छन् । कम्पनीमा पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ श्रेष्ठको पहिलो कार्यकाल आगामी साउन २३ गते सकिँदै थियो । तर बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ बादेको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि बीमा समितिमा प्रस्ताव गरेको थियो । बादेले २०७५ साउन २३ गतेदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । पुनः नियुक्ति पाएसँगै बादेले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने उनको योजना रहेको छ । सीईओ श्रेष्ठ २०७८ चैतमा मात्रै ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका थिए । नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व कौशलताको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड दिएको थियो । त्यस्तै, श्रेष्ठले हाल व्यवस्थापन गरिरहेको आईएमई जनरल इन्स्योरेन्स पनि एशियाकै ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ बाट सम्मानित भएको थियो ।

प्राइम लाइफ इन्स्योरेन्सले उदयपुरको एक विद्यालयलाई गर्यो ३ लाख सहयोग

काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुर जिल्लाको खाट मन्दिर आघारभुत विद्यालयलाई आर्थिक सहयाेग गरेकाे छ । कम्पनीले  सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्यनरत ३५० जना बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गर्नुकाे साथै भवन निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग गरेको हाे । नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काकाे प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच कम्पनीले उक्त सहयाेग गरेकाे हाे । कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसि भएकाे बताए । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो ।

अजोडले वार्षिकोत्सवको अवसरमा गर्यो रक्तदान र वृद्धाश्रममा सहयोग

काठमाडाैं । अजोड ईन्स्योरेन्सले वार्षिकोत्सवकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवकाे अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । इन्स्याेरेन्सले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तिस) जना दाता व्यक्तिहरुले रक्तदान गरेका थिए । यस्तै सोही अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडाैं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबुस्थित हिमालयन वृद्धाश्रमका ४३ (त्रिचालिस) जनाको लागि खाद्यान्न सहयोग गरेकाे छ । २०७५ साल असार २१ गतेदेखि आफ्नो व्यवसायिक कारोबार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् । त्यसैगरी कम्पनीले आ.व. २०७८/०७९ को असार २० गते सम्ममा १ लाख २२ हजार ९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क १ अर्ब ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम ७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्व भएको जगेडा तथा कोषमा १३ करोड ९५ लाख र बीमा कोषमा १५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको छ